नेपाल मलेसिया खेल बराबरी

नेपाल मलेसिया खेल बराबरी

बिराटनगर चैत्र १५ , मलेसियाको युवा टीमसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेको छ ।
पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा नेपाली युवा टीमले बराबरीमै चित्त बुझाउन बाध्य भएको हो ।
पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए ।
उनले मलेसियन किपर अल्मलिएको अवस्थामा एकल प्रयासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुग्यो ।
मलेसियाका लागि खेलको ८६ औं मिनेटमा मोहमद अरिफ बिन महोनदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
बंगबन्धु र साफ च्याम्पियन्सिपमा सर्वाधिक गोल गरेका नवयुग श्रेष्ठ आजको खेलमा गोल गर्न असफल रहे ।
त्यसपछि दुबै टीमबा गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्