महिला बास्केटबलमा नेपालको सहज जित

महिला बास्केटबलमा नेपालको सहज जित

काठमाडौं, चैत १६
प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार विजयी सुरुआत गरेको छ ।राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ९२–२६ ले सहजै पराजित गरयो । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंक योगदान गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले चारै क्वाटरमा अग्रता लिएको थियो । सुरुमा नेपालले २०–१० को अग्रता लियो । नेपालले दोश्रोमा २०–३, तेश्रोमा ३१–४ र चौथोमा २१–९ को प्रदर्शन ग¥यो ।

यसअघि पहिलो खेलमा सहज जित हात पार्ने क्रममा श्रीलंकाले माल्दिभ्सलाई १०५–३९ ले हरायो । श्रीलंकाकी सिल्भा कुमारिनले २५ अंक जोडिन् ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित पाँच राष्ट्र सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार भुटान र श्रीलंका तथा माल्दिभ्स र नेपालबीच खेल हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्