वेष्टइन्डिजले जित्यो टी-ट्वान्टी विश्वकप

वेष्टइन्डिजले जित्यो टी-ट्वान्टी विश्वकप

बिराटनगर चैत्र २२ , भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो।कार्लोस् ब्राथव्हाइटले अन्तिम चार बलमा लगातार चार छक्का हानेपछि वेष्टइण्डिजले २०१६ को टी-ट्वान्टी उपाधि जितेको छ। अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का हानेपछि २ बल बाँकि छँदै उपाधि जितेको हो।उसका लागि मार्लोन स्यामुल्सले नटआउट ८५ रन बनाए। ६६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरेका थिए।यस्तै आक्रमक ब्याटिङ गरेका ब्राथव्हवाइटले १० बलमा चार छक्का र एक चौकासहित ३४ रन बनाए।यस्तै ब्राभोले २५ रन बनाए।यसअघि दुई ओपनरलाई सस्तैमा गुमाएको वेष्टइण्डिजले आफ्नो भरपर्दा ब्याट्म्यान क्रिश गेललाई चार रनमा गुमाएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। उसका लागि जोइ रूटले सर्वाधिक ५४ रन बनाएका थिए। यस्तै जोइ बटलरले ३६ रन बनाएका थिए।वेष्टइण्डिजका लागि कार्लोस् ब्र्याथवेल्ट र ब्राभोले समान ३-३ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्