च्याम्पियन्स लिग: रियल मड्रिड उल्फवर्ग संग पराजित

च्याम्पियन्स लिग: रियल मड्रिड उल्फवर्ग संग पराजित

बिराटनगर चैत्र २५

च्याम्पियन्स लिग क्वाटर-फाइनलको पहिलो लेग अन्तर्गत बुधबारराति भएको खेलमा रियल मड्रिड पराजित भएको छ भने इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले बराबरी खेलेका छन् ।  बार्सिलोनालाई क्याप नाउमा धेरै समय पछि हराएर हौसिएको  रियल म्याड्रिड बुन्डेसलिगाको ८ औ स्थानमा रहेको वोल्स्बर्ग संग २-० ले पराजित भएको छ ।

बुधबारराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल मड्रिडलाई २-० ले हराएको हो । पराजित भए संगै रियल म्याड्रिडको चाम्पियन लिगको यात्रा कठिन बन्दै गएको छ । खेलमा उल्फवर्गलाई विजयी गराउन रिकार्डो रोड्रिग्वेज र म्याक्जीमीलीयान आर्नोल्डले एक एक गोल गरे । क्वाटरफाईनल दोस्रो लेगकोखेलयही अप्रिल १३ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबारराती भएको अर्को खेलमा फ्रान्सको पेरीस सेन्ट जर्मेन पि.एस.जी.र इंग्लण्डको म्यान्चेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।

म्यानचेस्टर सिटीका लागि केभिनडे ब्रायन र फर्नान्डिन्होले एक एक गोल गरे भने पिएसजीका लागि जाल्टन इब्राहिमोविच र एड्रियन राबियोले गोल गरे । दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्