बिराटनगर बैशाख ७ ,
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले नामिबिया बिरुद्ध २४० रनको लक्ष्य पछ्याउने क्रममा अब ११७ रन चाहिएको छ । नेपालले सुरुवाती दुई विकेट गुमाएपनि मध्यक्रमका ब्याट्सम्यानहरु कप्तान पारस खड्का र शरद भेषवाकरले ५० रनको साझेदारी पूरा गरेर टिमलाई बलियो स्थितिमा पुर्याएका छन् ।
नेपालले २८ ओभरको समाप्तिसम्म २ विकेट गुमाएर १२७ रन बनाएको छ ।