विहान उठ्न ढिलो भयो । सुर्य उठिसकेको रहेछ । म भने ओछ्यानमा सिरक ओढेर पल्टिरहेँ ।
"कतिवेर सुत्छस् उठ् ।" उ स्वयम्भु पुगेर आईसकेको थियो ।
"मजाले सुत्न पनि दिँदैन। " म झर्किँए ।
"तुरुन्त उठेर लुगा पट्याईनस भने खान पाँउदैनस् ।" उ सँधैभरि वोल्ने त्यहि डायलग दोहोर्याँउछ ।
उ मर्निङ वाक गरेर भर्खरै आएको हो । कफि वनाउँदै छ । म ओछ्यानवाटै टुईटर खोल्दैछु । मेन्सन आएको छ । ’म यहाँ स्वयम्भुको डाँडामा छु¸कोहि कोहि भने अहिलेसम्म सुतिरहेका छन्´ । उसैको मेन्सन रहेछ । उसले मेरो विल्ला गरिसकेको छ। मेन्सनमा परेको पुष्पलाई पनि मजा आईरहेको होला ।
"कोहि चिया खाईनसकी कप माग्छन् ¸कोहि उठ्न नपाई लुगा मिला भनेर गनगन गर्छन् । साथिहरु नै यस्ता भएपछि कसैको केहि लाग्दैन" उनिहरु दुवैजनालाई लक्षित गरेर मैले पनि टुईट हिर्काए ।
केटाहरु हाँसे ।
+++++
आज शनिवार । युथ फर व्लडको 'सेयरिङ डे' मा जाने योजना हिजैदेखिको थियो । त्यसैले हिजै कीर्तिपूर जानुको सट्टा आजको लागी योजना वनाएको थिँए । खाना खाएपछी लगत्तै कालोपूल जाने योजना छ ।
सुर्य खाना पकाउने सुरसार गर्दै छ । भर्खरै उसको दिदी पनि आउनुभएको छ । गफगाफ सँगसँगै कान्तिपूर पत्रिका पढिरहेको छु । आजको कोशेली विशेष लाग्यो । विशेषगरी भिम दाईको ´गुमनाम कवि´ लेखले मन छोयो । उहाँलाई टुईटरमा मेन्सन गरेर वधाई पनि दिँए । उक्त फिचरमा भएजस्तै गुमनाम कविहरु कति होलान्?
खाना खाएपछी निस्किँहाले । लगभग दश वज्न लागिसकेको छ । एघार वजे कालोपुल पुग्न गाह्रो हुनेवाला छ ।
जानेवेलामा महेशविक्रम शाहको कथासंग्रह ’ ज्याक्सन हाईट´ माँगे र निस्किँए ।
वनस्थलीको वातावरण शान्त छ । शनिवार भएकाले अन्य दिनको भन्दा गाडिको चाप कम । म सिद्दार्थ वनस्थली ईन्टिच्युट अगाडिवाट गाडि चढे । माईक्रोको पछिल्लो सिटमा वसेको छु ।
रिङरोडको वाटो सारै प्रदुषित छ । धुलो¸धुँवा र मानिसको भिँड । भर्खरै नयाँ वसपार्क पार भयो । मानिसहरु पुलभरि नै वसेर व्यापार गरिरहेका छन् । वेच्ने तथा किन्ने दुवैको कमि छैन । आकाशे पुलमा पनि उत्तिकै भिँड छ ।
घाम झिलिक्क परेर आँखामा टल्कयो । वाहिर हेरिरहन दिएन ।
झोलावाट किताव निकालेर पढ्न थाले । तीनवटा कथा पढिसक्दा चावहिल आईसकेको रहेछ ।
मलाई मित्रपार्क सम्म पुग्नु थियो । तर माईक्रो नसोधी चढेछू । जोरपाटी जाने पो रहेछ । चावहिलमै ओर्लिनु पर्यो ।
सविनले फोन गरेको थियो अगिनै । म वानेश्वरमा छु सँगै भेटैर जाम है भनेको थियो । मैले मित्रपार्कको मन्दिर नजिकै ओर्लनु भनेको थिँए ।
चावहिलमा आएर फोन गरेँ । सविन वानेश्वरमै रैछ । उसलाई पर्खदा ढिला होलाजस्तो भयो । म जाँदै गर्छु भनेँ ।
अफिस पुँगे । विष्णु दाई र निरन्जन सर आईसक्नुभएको छ ।
लगभग आधा घण्टापछि सविन पनि आईपुग्यो ।
ल्यापटपमा सौनक भट्टको मोटिभेसनल भिडियो हेरिरहेका छौ । ल्यापटपको घडिमा पौने वाह्र वज्न लागेको छ ।
मैले फोन गर्दा आँउदिन होला भनेको थियो । तर अचानक सौरभ (कार्की) पनि आयो ।
"सरकार नभनी आईयो त" मैले सोधे ।
"किन¸ नभनी आँउन हुन्न?" उसको सोझो जवाफ आयो । उ अक्सर सिधै कुरा गर्छ । मलाई वानी भईसकेको छ ।
"को हो यो?" ल्यापटपमा वजिरहेको भिडियो तिर लक्षित गर्दै सोध्यो ।
"सौनक भट्ट । मोटिभेसनल स्पिकर हो ।" मैले चिनाउन खोजेँ । उसले खासै मतलव राखेको जस्तो लागेन ।
एकछिन त्यत्तिकै वस्यो उ । हामि भिडियो हेर्नमै व्यस्त छौ ।
"जाँउ आर्यघाट" उसले म तिर हेर्दै भन्यो ।
सेयरिङ डे मा खासै मानिसहरु आएनन् । हामि जति थियौ त्यति नै भईयो । मैले उसलाई त्यसैले पनि हुन्छ भनेँ ।
+++++
हामि निस्कने वाला थिँयौ । मेरो "एकछिन" ले मात्र रोकिएको थियो उ ।
अचानक हामि वसेको तला हल्लियो । सुरुमा गाडिले हल्लायो जस्तो भयो । अफिस वाटोवाट नजिकै भएकाले सामान्य गाडि कुद्दा पनि थर्किन्थ्यो । तर त्यसवेला कम्पन रोकिएन ।
"भुँईचालो!" विष्णु दाई कराएजस्तो लाग्छ ।
त्यतिन्जेल सम्ममा हामि ढोकाको मुनि पुगिसकेका थियौ । एकतला माथि भएकाले तल ओर्लनुभन्दा माथि नै ढोकामुनि वस्नु सुरक्षित लागेछ हामी सवैलाई । सौरभ तल जान खोज्दै थियो । मैले नै रोके ।
कम्पन भईरहेको छ । पुर्व र पश्चिम दौडिएजस्तो घर । हामिलाई ढोकामा अडिएर उभिन पनि गाह्रो भईरहेको छ । जोडको हुरिले ढोकालाई ढकढक हिर्काए जस्तो । किचन कोठा लचकलचक हल्लिरहेको छ । जतिवेला पनि घर भत्कन सक्छ । जतिवेला पनि हामि पुरिन सक्छौ । कोठाका कुनै चिजले पनि वलियो छु नडरा भनेनन् ।
यसअघि पनि सानो भुकम्प थाहा पाएको हो । तर यत्रोवेर हल्लाएको थिएन । मुटुले अगिनै डर भेट्टाईसकेको छ । जेनतेन उभिएको छु ।
घर भन्दा ज्यादा त मुटु हल्लिरहेको छ । दुवैलाई रोक्ने पहुँच कसैसँग छैन ।
कम्पन हुन्जेल के के भयो सवै थाहा छैन। तर रोकिएपछि लगत्तै भने खासै ठुलो गएन जस्तो लागेको थियो । सायद आफु वसेको घर नभत्किएकोले होला । क्षति के के भएको पनि थाहा पाउन वाँकि नै थियो ।
पहिलो कम्पन रोकिएलगत्तै पनि पराकम्पन आँउदै थिए । हामि तल ओर्लिएर वाटोमा आँयौ । जुत्ता लगाउन खोज्दा थाहा भयो हात त कामीरहेका रहेछन् । वाटोमा गाडिहरु सवै लडेका थिए । सामानहरु यत्रतत्र । मानिसहरु रोडभरी । भुकम्प फर्किन्छ भनेर कराउँदै थिए । बाटोका पोलहरु वेसहारा भएजस्ता । जति वेला पनि लड्न भयार भएजस्ता । सवैको अनुहारमा अनौठो वादल ढाकिएको थियो ।
विष्णु दाई र निरन्जन सर कतिवेला निस्कनुभयो थाहा छैन । हामि वाटोमा आँईपुग्दा उहाँहरु हिँडिसक्नुभएको रहेछ । उहाँहरुको परिवार घरमै हुनुहुन्थ्यो । सायद त्यसैले दौडनुभयो । म¸सौरभ र सविन मात्र वाँकि रह्यौ ।
"नजिकै चौर छ भने जाँउ । यहाँ वसिराख्न झन् खतरा हुन्छ ।" सौरभ वोल्यो । उसको वाईक पार्क गरिरहेको ठाँउवाट निक्कै तल पुगेर लडिरहेको छ । उ उठाउन नगई यसो भन्दैछ ।
"सानो गौचरण मैदान छ नजिकै त्यहिँ जाँउ । " मैले भने ।
"जाउ चावि लगाएर आउ उसो भा" उसले मलाई अह्रायो ।
डर लागिलागी भर्याङ चढे । ल्यापटप खोले । विष्णु दाईले पट्याउन मात्र भ्याउनुभएको रहेछ । खोल्दा वजिरहेको ठाँउवाट सौनक भट्ट पुन: करायो । म झसंग भएँ ।
हत्पत ल्यापटप माँरे । झोला टिँपे र दौडिँए । हेल्मेट देखेँको थिएँ तर वोकिन । निरन्जन सरको होला सोचेको थिँए तर सौरभको रहेछ ।
म वाहिर आँउदा सौरभको वाईक उठाईसकिएको थियो । अरु केटाहरुले पो उठाईदिए रे । उसको ट्याङ्किको वाहिरी कभर फुटेर भित्र कुच्चिएको थियो ।
सानो गौचरण गयौ । मानिसहरु जम्मा भईसकेका थिए । नजिकैका पर्खाल र टहरा भत्किएका थिए । पहिलोपटक देखेको क्षति त्यहि हो ।
मैदान भित्र पसेपछि अलिक ढुक्क भयो । पराकम्पन आईरहेको छ । भुकम्प फर्किएको भन्दै मानिसहरु हरेक पराकम्पनमा चिच्याईरहेका छन् । नजिकैकी एक दिदी आफ्नो सानो छोरीलाई चेपेर रोईरहनुभएको थियो । उहाँ अर्धवेहोस् जस्तै हुनुभएको छ ।
सौरभले टुईटर खोल्यो । अपडेट दिन थाल्यो । "धरहरा डाउन रे" उ चिच्यायो । यो पनि¸ त्यो पनि अनि अरु कतिकति । काठमाण्डौका लगभग सवै साँस्कृतिक सम्पदामा क्षति पुगेको समाचार आउन थाले ।
म फोन लगाउन थालिसकेको छु । कसैलाई फोन लागेको छैन । फोन लगाउनुपर्ने ठाँउ धेरै छन् तर फोन लागिरहेको छैन ।
"म्यासेज गईराछ" सौरभ भन्दैछ ।
सविनको फोनमा व्यालेन्स छैन । रिचार्ज पनि भईरहेको छैन । उ पनि मेरै फोनवाट सम्पर्क गर्न खोजिरहेको छ ।
पटकपटकको पराकम्पनले मुटुलाई ठाँउमा ल्याउन दिईरहेको छैन । चौरमा मानिसहरु देखाउँदै छन् । अलिअलि धाँजा फुटेजस्तो भएको छ ।
सौरभ भिँडको न्युज अपडेटर भएको छ । टुईटरमा धमाधम खवरहरु आईरहेका छन् । प्रभावित जिल्लाहरु वढिरहेका छन् । विश्वभरबाट नेपालको लागी प्राथना हुन थालिसकेका छन् ।
आकाशमा हवाईजहाज उढिरहेका छन् । एयरपोर्टमा वस्न सक्ने अवस्था थिएन ।
"७.८ रे गोरखाको वारपाक गाँउ केन्द्रविन्दु वनाएर " उ भुकम्पको रेक्टर स्केल भन्दैछ । "हजारौ मानिसहरु मरे होला यार । "
घरमा फोन लाग्यो । वुवाले उठाउनु भयो । धन्न केहि भएको रहेनछ ।
फोन नलागेका मानिसहरुलाई म्यासेज गरेँ।
पाँचौ पटक होला ठुलो झड्का दिएर तर्सिएपछि तीनजनाले सेल्फी खिँच्यौ । सविनले नाम दियो "द लास्ट सेल्फि।"
मैले धरहरा र त्यहाँ भएका मानिसहरुलाई संझे¸ कति जनाको समय वन्द भयो होला । अनि अन्य स्थानमा निधन हुने मानिसहरु नि ।
समाचार सुन्दै गएपछि सुरुमा ठुलो आएन भनिरहेको मेरो मनले भन्यो¸ "भयानक भुकम्प आयो " ।
म देशभर हुन सक्ने संभावित क्षति संझेर दुखि भए।
"अव के गरौ ?" सौरभ ले सोध्यो ।
"धरहरा जाँउ । उद्धारमा सघाऔ" सविनले भन्यो ।
अफिस गएर हेल्मेट लिएर आँयौ र वाटो लाग्यौ ।
एउटा वाईकमा तीनजना छौ । ट्राफिकको डर छ । वाटोभर मानिसहरु छन् । कुनै कुनै दगुरिरहेका वाईक देखेर लाग्छ उनिहरु परिवारलाई भेट्न हतार गरिरहेका छन् । निरन्जन सर र विष्णुदाई जस्तै ।
वाटोमा लडेका घर देखिन थालेका छन् । एम्वुलेन्स को स्वर वाक्लिन थालेको छ । ट्याक्सिहरु पनि घाईते लिएर दगुर्दै छन् । भर्खर समालिन लागेको काठमाण्डौ पुन अस्तव्यस्त भएको छ ।
शंकरदेव अगाडिवाट छिर्नलाई वाटोमा सिग्नल माँगे । उतावाट तिव्र गतिमा ट्याक्सि आईरहेको छ । हामि अगाडि जान खोजेको देखेर उसले वेस्सरी हर्न ठोक्यो । हामि रोकियौ । त्यसले त छट्पटाईरहेका घाईतेहरु वोकेको रहेछ । उसलाई रोक्न हात दिएकोमा ग्लानि भयो।
भृकुटिमण्डपमा वाईक राख्यौ र सिधै धरहरा तिर लाग्यौ । वाटोमा गाडि छैनन् । मानिसहरु मात्र छन् । सवै त्रसित । साँङ्ग्रीला प्रकाशनका मणि दाई पनि सँगै छन् ।
आकाशे पुल चढ्यौ। सँधै त्यहाँवाट देखिने धरहरा छैन । शहिदगेट वाट पनि देखिएन । कतैवाट देखिएन ।
एक वर्ष अगाडी विमला दिदी आएको वेला धरहरा चढेको थिँए । त्यत्रो अग्लो । माथिवाट तल हेर्दा आँङ नै सिरिङ्ग भएको थियो । सवैभन्दा माथि शिवको मुर्ती थियो । एकजना पुजारी सुतिरहेका थिए। उनलाई देखेर मैले कल्पना गरेथेँ¸ "यदि भुकम्प आयो भने यि के गर्लान्?"
उनलाई संझन खोजे तर याद आएन । हुनसक्छ भर्खरै भएको भग्नावशेषमा कतै पुरिए ।
धरहरा मुनि पुग्न सकिएन । भिँड थेगिनसक्नु थियो । स्वयमसेवकहरु साँङ्लो वनेर उभिएका थिए । उद्धार कार्य भईरहेको थियो । प्रहरी र एम्वुलेन्सको चर्को साईरन । वातावरण शोकाकुल थियो । त्यस अवस्थामा हेर्नकै लागी भित्र छिरेर उद्धार कार्यमा असर पुर्याउन मन लागेन । हामि वसन्तपूर जान भनेर हिँड्यौ।
वसन्तपूरको नौ तले दरवार पनि रहेन । हामि कलेजका साथिहरु घुम्न गएका थियौ । दिनभर वसेथ्यौ त्यहाँ। फोटो खिचेका थिँयौ । तर अव केहिपनि रहेन । भग्नावशेष भयो । ति आँखिझ्यालहरु कतै पुरिए । मायालु जोडिहरु लुकाउन खोज्थे आफुलाई खाँवामा । सनिवार आज । कति थिए होलान् माँयालु कुरा गरिरहेका ।
भर्खर काठमाण्डौ आएकाहरु घुम्न जाने ठाँउहरु थिए ति । शहरवाट सवैभन्दा नजिकका । म पहिलो पटक जाँदा कति रोमान्चित भएको थिँए । सयौ थिए होलान् त्यसरी रोमान्चित हुनेहरु ।
संग्राहलयमा राखिएका वहुमुल्य सामान । कता पुरिए ।
तिनलाई रुँग्न वसेका मानिसहरु कता भागे होलान् हल्लदाँ ।
भक्तपूर दरवार स्क्वायरमा त झन् भर्खरै पुगेको थियौ । ति सग्ला सम्पदाको के हालत भयो होला ।
मन भरिएर आयो । ति सम्पदा मात्र थिएनन् त्यहाँ मानिसहरु पनि थिए । देशका विगत¸ वर्तमान र भविष्य थिए ।
वसन्तपूरको पनि त्यहि अवस्था छ भन्ने सुनेपछि त्यता गएनौ। भृकुटिमण्डप नै फर्किँयौ । चिया खान वस्दै गर्दा सरोज जी को फोन आयो ।
"सर¸ घाईते धेरै भएका छन् । काठमाण्डौमा अव रगतको आवश्यकता वढ्न सक्छ । पुर्व तयारी गरौ ।"
तुरुन्तै सल्लाह गर्यौ¸ व्लड व्याङक् अगाडि गएर मानिसलाई रक्तदान गर्न वा तयार रहन प्रेरित गर्ने । रक्तदाताको नामावली पनि टिप्ने ।
सविन र सौरभले अंग्रेजी वर्णमाला भएको चार्ट किने र त्यसको पछाडि लेखे:
यो आपत को समयमा जो कोहिलाई रगतको आवश्यकता पर्न सक्छ
तपाई आफ्नो फोन नं/ नाम र रक्तसमुह हामिलाई टिपाएर यो उद्धार कार्यमा सहयोग गर्नुहोला ।
त्यसलाई पर्खालमा टाँस्यौ र वाटो हिँड्ने मानिसलाई वोलाएर सचेत गराउन थाल्यौ ।
सिजन र विदुर पनि पारिपट्टि देखिए । उनिहरुपनि हामि जस्तै के गर्न सकिन्छ भनेर आएका रहेछन् । आखिर हामि सवै उस्तै त छौ । सामाजिक सेवाले तानेर एकैठाँउ ल्याईहाल्छ ।
तीन घण्टा लगभग काम गर्दा ३०० भन्दा वढि रक्तदाताको नाम संकलन गर्यौ । उनिहरु जतिवेला परे पनि रक्तदान गर्न आउने भनेका छन ।
भोलि पुन: भेट्ने सल्लाह गरेर छुट्टिँयौ ।
आज सौरभकोमा आएको छू । दिनभरको भुकम्प र पराकम्पन झेलेकाले खुट्टा अनौठोसँग गलेका छन् ।
वरपरका मानिसहरु सवै वारिमा सुत्ने तरखरमा छन् । राती ठुलो भुँईचालो आँउछ भन्ने हल्लाले कसैलाई पनि घरभित्र पस्ने आँट दिएको छैन । हामि भने जे परे पनि परोस् भनेर भित्रै सुत्ने भएका छौ ।
मार्ने वा वचाउने अव भगवानको हातमा ।