भेट्रान फुटबल प्रतियोगीता हुने

भेट्रान फुटबल प्रतियोगीता हुने

विजय धिमाल
उलाइबारी १२ बैशाख
मोरङको राजघाट स्थित राजघाट भेट्रान फुटबल क्लबले जेष्ठ २ गते देखि ९ गते सम्म प्रथम राजघाट भेट्रान फुटबल प्रतियोगीता २०७३ आयोजना गर्ने भएको छ ।
क्लबले बैशाख १२ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । युवा अवस्थाको जस्तो खेल खेल्न नसकेपनि मनोरञ्जन र स्वास्थ्य रहनकालागी बुढेसकाल अवस्थामा उत्तिकै महत्व रहेको आयोजकले सम्मेलनमा आफ्नो धाराणा व्यक्त गरेका थिए । यस धाराणालाई हामीले मात्र केही गर्न नसक्ने यसमा स्थानिय वासी, व्यपार व्यवसायी, समाजसेवि, बुद्धीजिवि, छिमेकी गाविस, नगरपालीका लगायत सबैको उत्तिकै साथ सहयोग र भुमिका रहने भेट्रान अध्यक्ष अर्जुन नाल्बोले आफ्नो भनाइ राखेका थिए । सके सम्म यस प्रतियोगीतालाई प्रत्येक वर्ष निरन्तरता दिने प्रयास गर्ने अनको भनाई रहेको थियो ।
प्रतियोगीता आयोजक टिम राजघाट मोरङ सहित दमक लखनपुर भेट्रान फुटबल क्लव झापा, बिराटचोक भेट्रान फुटबल क्लव मोरङ, बिर्तामोड भेट्रान फुटबल क्लव झापा, धरान भेट्रान फुटबल क्लव मोरङ, उर्लावारी युनाइटेड भेट्रान फुटबल क्लव मोरङ, चौधरी ढुवानि सेवा चाँद्वेला झुम्का सुनसरी र युनाइटेड भेट्रान फुटबल क्लव बिराटनगर मोरङ गरी जम्म ८ वटा भेट्रान टिमको सहभागी रहने सम्मेलनमा क्लबका सचिव रुद्र लामिछानेले बताएका थिए ।
प्रतियोगीताको पुरस्कार प्रथम र द्वितिय हुनेलाई प्रमाण पत्र, ट्रफी, मेडल सहित नगद क्रमश रु पचास हजार र पच्चिस हजार रहेको छ । प्रतियोगीताको मुख्य प्रायोजक राजघाट ५ का मदनकुमार तामाङ हाल हङकङ उनले रु पच्चास हजार आर्थिक सहयोग गरेकाछन । त्यस्तै सह प्रायोजकमा राजघाट ५ का दिप लिम्बु रु पच्चिस हजार, दमक झापा एन. आई. सी. बैङक, राजघाट ५ का उमेश लाल्बो हाल हङकङ र राजघाट ५ का अनिल कुमार थेवे हाल हङकङ रहेको आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्