दिपेन्द्र झालाई भित्रि मधेसबाट खुल्ला पत्र

दिपेन्द्र झालाई भित्रि मधेसबाट खुल्ला पत्र

दिपेन्द्र जी ,

मेरो जय नेपाल !! जय नेपाल लेख्दा नसम्झुनु कि म कुनै पार्टीमा आबद्ध छु । म आम नेपालि हु जस्ले नेपाललाई जय भन्दै छ ्र झा जी, म भित्रि मधेसमा जन्मेको हू  । म आफुलाई के भनुस् मधेसी भनुस् या पहाडे भनुस् रुरु मधेसी भनुस् भने कालो छाला छैन पहाडे भनुस् भने पहाडमा बस्दिन । भन्नुस झा जी तपाई मलाई मधेसी भनेर मधेसमा राख्न सक्नु हुन्छ कि पहाडेको उपमा दिनु हुन्छ ?

झा जी, तपाईलाई मेरो प्रश्न तपाईले देशको प्रमुख नाका नाकाबन्दी गरेर तेल, ग्यास र दैनिक उपभोग्य बस्तु रोक्दा तपाईलाई पिडा भएँन रु तपाईको नाकाबन्दीले गर्दा जोखिम पूर्ण यात्रा गरेर गाडीबाट खसेर मेरो साथीको मृत्यु भयो र तेस्तै हजारौं नेपालि ज्यानको बाजी थापेर जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका थिए । के तपाईलाई नेपाली भएको नाताले येस्तो खबरले तपाईको मन पिरोलेन ? मधेस आम्दोलनकारी टोपीवाल भन्दै शिरको टोपी झिकेर जलाईदिदा तपाईको मन दुखो कि दुखेन  । तर तपाईले भनेको खस आर्यले धोतिबाल भन्दै धोति थुतेर जलाएको समाचार सुन्नु पाउनु भएको छ ?

। बेलायतको ब्रेडफोर्डमा रामै्र अंक लिएर पढेर आउनु भएको तपाईमा म भन्दा कयौ गुणा ज्ञान होला । म जाबो त गाउँमा सामान्य सरकारी स्कुलमा पढेर आएको हु र राजनीति धेरै नबुज्झे पनि एक आम नेपालीले बुझ्न सक्ने कुरा बुझ्न सक्छु र स्नातक पनि नेपाल सरकारले बनाएको सरकारी क्याम्पसमा गर्दै छु । अब भन्नु झा जी मैले तपाईले जस्तो बेलायतको ब्रेडफोर्डमा पढ्न पाउने कि न पाउने ? तपाईले त गर्बमै सरक्षणको कोटाको लाहा छाप लागेको मान्छे बेलायतको ब्रेडफोर्डमा पढ्न पाउनु भयो अब तपाईले जस्तै मैले बेलायतमा कसरि पढ्न पाउने ? तपाईले किन एक बर्गका लागि मात्र आन्दोलन गर्नु हुन्छ किन गरिबका लागि गर्नु हुन् ? थाहा छ हामीलाई भोलि तपाईलाई राजनीतिमा आफ्नो कोटा सुरक्षित गर्नु छ र तेसैले तपाईको आन्दोलनले कुनै एक बर्गलाइ मात्र हेर्दै छ ।

हाम्रो बाध्यता भनु या अवसर हामी भित्रि तराईबासीले तराईबाट नै यात्रा गर्नु पर्छ  । तर तपाईले टोपी लगाएकै आधारमा हामीलाई यात्रा गर्न बन्चित गर्नु भयो  ।म भित्रि मधेसको एक आम नेपालि बिमारी हुदा उपचारका लागि जाने भनेको तराईकै अस्पातल हुन् । तर तपाईले त्यो अवसरवाट बन्चित गर्नुभयो  । यो मेरो अधिकारकको हनन् हो कि हैन रुरु म पनि एक मधेस आन्दोलन पिडित हु  । मेरो भाउजुलाई सुत्केरी व्यथा लागेर अस्पताल लादै गर्दा बाटोमै मधेस आन्दोलन नाममा एम्बुलेन्स रोकियो र तोडफोड गरियो अनि व्यथा सहन नसकेर मेरो भाउजु र कोखमा भएको बच्चा दुई जनाकै मृत्यु भयो । बिचरा कोख मै मृत्युवरण गर्न बाध्या भएको यो अबोध बच्चाको के दोष ? जसलाई मधेसे र पहाडे भने कुरोको ज्ञान पनि थिएँन । यो अबोध बच्चाको मृत्युवरण जिम्मेवारी कस्ले लिने आन्दोलनकारीले लिने वा तपाईले लिने रुरु येस्तै लास लिन जादा बाटोमा अबरोध खडा गरियो र शिरको टोपी झिक्न लगाएर आगोमा हालियो अनि शिरको टोपी जलाएकोमा आम्दोलनकारीबाट खुसि मनाईयो ।अब दिपेन्द्र जी तपाई आफै भन्नुहोस एउटा छोरी र भाबि सन्तति गुमाएको पिताको मन कती रोयो होला त्यो बेला तपाईको मन दुख्नु पर्ने हो ?

म त एक प्रतिनिधि पात्र मात्र हु । म जस्ता कयौ प्रतिनिधि पात्रा छन जसले आफ्नो पिडा दबाएर राखेका छन । अब भन्नु झा यी सबै पात्राको दुख कसले बुझ्ने ? के आफ्नो अधिकार खोज्दा अरुको ज्यान र जिउने अधिकार खोस्नु पर्छ भन्ने कुरो बेलायतको ब्रेडफोर्डमा तपाईले पढेर आउनु भएको हो रुरु तपाईले मधेस र पहाडको मात्रा कुरो गर्नु हुदै छ तपाईले बिर्सनु भएछ कि भित्रि मधेस पनि छ भनेर ? म भित्रि मधेसमा बस्ने एक आम नेपालको दुस्ख कसले बुझ्ने ? मैले मेरो बाच्न पाउने अधिकार खोज्न कहा जाने ? अधिकारका लागि राजमार्ग बन्द गरौ राजमार्ग छैन तपाईहरुले जस्तै नाका बन्द गरौ भने नाका छैन, न हाम्रोमा नेतृत्व गर्ने क्षमता भएका व्यक्ति न छन् ्र अब हाम्रो लागि कसले बोलिदिने ?

तपाईलाई मेरो अन्तिम प्रश्न झा जी पहिले र दोस्रो दर्जाको नागरिकको मात्रा कुरो भईराख्दा म स्समरण गराउनु चाहान्छु कि हामी तेस्रो दर्जा मा गनिन थालेका छौ । के तपाई हाम्रो अधिकारका लागि लड्न सक्नु हुन्छ रुरु दिपेन्द्र जी जातियताको राजनीति छोड्नुहोस् र आउँनुहोश देशमा मोलाउदै गरेको कालोबजारी र भ्रस्टाचारका बिरुद् एक भएर लडौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्