यो कस्तो बिकास हो बिराटनगर उपमहानगरपालिका? (सम्पादकीय)

यो कस्तो बिकास हो बिराटनगर उपमहानगरपालिका? (सम्पादकीय)

बिराटनगर बजार क्षेत्रमा यदी तपाईं निस्किनु भयो भने तपाईंले शास नै रोकिने गरिको धुलो खप्नु पर्छ , अझ बिराटनगर रोडशेष चोक देखी बसपार्क सम्मको बाटो हिंड्ने क्रममा हुनुहुन्छ भने त झन धुलो मात्रै हैन , हिलो र लामो ट्राफिक जाम मै पर्नुहुने छ । यि सबैको कारण हो बिराटनगरमा चलिरहेको अव्वस्थित बिकास को काम । बिराटनगर क्षेत्र अहिले आफ्नो इतिहास कै कुरुप अवस्थामा आइपुगेको छ । बिकास राम्रो हो , हो बिकास गर्दा केहि दुख पनि हुन्छ तर मानिस को जिवन सँग खेलवाड गरेर कस्तो बिकास गर्न खोजिएको हो ? बिराटनगर बासीले बुझ्न सकेका छैनन । न कुनै बिकल्प छ , न कुनै प्रयाप्त सुचना नै , एकै पटक सबै बाटो खानेर हिंड्न नसकिने अवस्थामा पुर्याइएको छ । बिराटनगरमा मात्रै बिकास निर्माणको कार्यक्रम चलिरहेको हैन , बिभिन्न देश र ठाउमा बिकासका काम हुन्छन तर बिराटनगरमा हुने जस्तो अव्यव्स्थित चाही हुँदैनन ।
काम गरिस भन्दा गरे भने ताल को यस्तो काम ले बिराटनगरबासी लाई निक्कै दुख दिएको छ र यो पुस्ता मात्रै हैन आगामी पुस्तालाई समेत पिडा दिने निस्चित छ किनभने आज भइरहेको बिकासको कामको ब्याज एडिबीलाई आगामी पुस्ता सम्मले बुझाउनु पर्नेछ । के बिराटनगर उपमहनगरपालिकालाई थाहा छैन कुनै पनि योजनाको काम साइटमा गर्दा योजना सुचना पाटी राख्नु पर्छ जहाँ योजनाको बिवरण , लागत खर्च , योजना को समय , आदी लेखिएको हुन्छ । योजना पाटिको त कुरै छाडौ बाटो खानेर खल्डो पारेका ठाउँमा समेत " निर्माण कार्य हुँदैछ " "बाटो बन्द छ" जस्ता बोर्ड त आकलझुकल बाहेक कही देखिदैन ।  बिराटनगरका बिभिन्न क्षेत्रमा खनिएका बाटोहरु कहिले बन्ला ? त्यहाँ दैनिक जसो साना ठुला दुर्घटना भइ नै रहेका छन । खोइ देखेको बिराटनगर उपनगरपालिकाले ? के मान्छे नमरी कानमा तेल हालेर बस्ने हो बिराटनगर उपमहनगरपालिका ?
आवर बिराटनगर डट नेट लगायत बिभिन्न सस्था मिलेर हामी डेलिगेसन पनि गएका नै हौ , हामीले सबै जनताका पिडा गोपाल रेग्मी (कार्यकारी प्रमुख , बिराटनगर उपमहनगरपालिका ) लाई सुनाएका पनि हौ । तर आश्वासन बाहेक अरु केहि पाउन सकेका छैनन जनताले । बिराटनगरको सडक अवस्था र वातावरणमा देखिएको निकै नै नराम्रो प्रभाव अझै कतीनजेल सहनु पर्ने हो गोपाल सर ? जनतालाई भनिदिनुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्