मेस्सीलाइ खुलापत्र !! – आयुष खनाल

मेस्सीलाइ खुलापत्र !! – आयुष खनाल

दुइ हात जोडेर अभिबादन छ तिमीलाई, हुन त तिम्रो संस्कारमा “Hy” र “Hello” प्रयोग गरेर अभिबादन व्यक्त गर्नु पर्ला तर मेरो संस्कारमा दुइहात जोडेर अभिबादन प्रकट गर्ने कारणले “नमस्ते” गरेर अभिबादन गर्दै छु तिमीलाई | मेरो र तिम्रो कुनै बिशेष नाता त नहोला तर एउटा फुटबल फ्यानको नाताले यो पत्र सुरुवात गर्ने आट गरेको छु | मेस्सी, सानै थिए, तर पनि याद छ २००६ को जर्मनी विश्वकप, निलो र सेतो जर्सी, त्यो झन्डा, सायद यहि देखेर मेरो बाल मानसिकतामा अर्जेन्टिनाले गहिरो छाप छोड्यो... खासै याद छैन त्यो विश्वकपको पल.. तर २०१० को जर्मनी विश्वकपमामा क्रेस्पो, टेभेज को भिडमा जर्सी नम्बर १० का एउटा प्लेयरमा आँखा पर्यो, हेर्दा निकै राम्रो त्यो भन्दा राम्रो उन्को खेल कौसल.. त्यो विश्वकप देखि फूटबल मेरो लागि प्यासन बन्न थाल्यो, त्यो १०नम्बर को खेलाडीलाई हेर्न, उन्को खेल कौसल हेर्न, चाहे बार्सिलोनाबाट होस या अर्जेन्टिनाबाट.. यहिबाट सुरु भयो एक खेलाडी र एक सच्चा समर्थक बीचको सम्बन्ध |

 

यो संसारमा अहिले म जस्तै धेरै फ्यान छन् तिम्रो, सर्जियो एग्युरोको अनुसार तिमीलाई सरकारले समर्थन भन्ने कुरा आयो तर यो संसारमा धेरैमा जस्ता समर्थक छन् जो खाना नखाई तिम्रो खेल हेर्न बश्च्हन, सबैले तिमीलाई एक कुशल खेलाडी भनेर चिन्दछन | हामीलाई मात्रै होइन, तिम्रो खेल कौशलले रोनाल्डोका छोरालाइ पनि प्रभावित पार्यो, संसारमा नै तहल्का मच्चायो, सहरका जस्मिन जुली हरुको त कुरै छोडौ, गाउघरमा घाँसपात गर्ने ठुली चमेलीपनि तिम्रो कहल कौशल बाट प्रभावित भाए, उनीहरुलाइ पनि तिम्रो खेल र फुटबल प्यासन बन्न पुग्यो | होला मेस्सी, तिम्रो संसारमा लाखौ मानिस होलान्, जो तिम्रो बिरोध गर्छन तर करोडौ मानिस छन् जो तिमीलाई माया र अरबौ मानिसले तिमीलाई सम्मान गर्छन | म लगायत थुप्रै मानिश छुम जो तिम्रो लगातार ३ फाइनलको हार पछी पनिअमर्थ्न गरेका थियेउ र हिजोको हार र तिम्रो पेनाल्टी मिस हुदा पनि तिमीलाई समर्थन गर्यौ र अब आउने दिनमा पनि त्यो निलो-सेतो जर्सी को १० नम्बरे बिश्वप्रशिद्ध खेलाडीलाइ निलो-सेतो जर्सी लाको बेला समर्थन गर्ने अठोट जनाएका थियौ, तर अभाग्यबस.... तिमीले सन्यास पो लिएछौ, म लगायत करोडौ समर्थकलाई शुक्क-शुक्क रुवाएर, अर्जेन्टिना राष्ट्रिय टिमबाट आफ्नो खेल जीवन समाप्त भएको निर्णय लिएछौ | तिमीलाई धेरै मानिसले रोनाल्डोसंग तुलना गर्नु तिनीहरुको पागलपन थियो | तिमि यति प्रशिद्ध भएको रहेछौ कि तिमीले सन्यास लिदा तिम्रा बिरोधीका पनि आँखा रसाउदै छन् | मेस्सी, हो तिमि लगातार ४ ठुला प्रतियोगितामा चुक्यौ, धेरै मानिसहरु अर्जेन्टिना तिम्रो कारणले हारेका भन्दै छन् तर सत्यता यो हो कि, अर्जेन्टिना ४ पल्ट फाइनलमा आफ्नो स्थान बनाउन सफल भयो, तिम्रो कारणले | हो मेस्सी, त्यहाँ सम्म पुर्याउन तिम्रो आफ्नै त्याग छ, पसिना र धेरै मिहेनत छ जुन हामी तिम्रो समर्थकको नाताले थोरै भए पनि बुझ्छौ |

 

मेस्सी तिमि भर्खर २८ बसन्त पार गरेर २९ मा टेकेको, मेरो व्यक्तिगत विचार भने यो तिम्रो सन्यास लिने सहि समय होइन भन्छ, तिमीलाई थाहाछनै होला, सचिन तेन्दलुकर, विश्व प्रशिद्ध खेलाडी, उंहाले पनि आफ्नो पहिलो उपाधि उचाल्न २२ वर्षा लगातार असफलता झेल्नुभएको थियो, तर लगातार असफलता बीचमा पनि कडा परिश्रम गरेर एक सफल खेलाडीको रुपमा चिनिन सफल हुनुभयो | मेस्सी, धेरै मानिशले तिम्रो सन्यास फिर्ता हुने आशामा बसेका छन्, आशा छ तिमीले आफ्नो सन्यास फिर्ता लिएर सारा समर्थकलाइ खुसि बनाएर, फर्कनेछौ त्यहि सेतो-निलो जर्सीबाट, तर मेस्सी, यदि तिमीले सन्यास फिर्ता लिएनौ भने सायद मैले तिमीलाई पहिलो पटक जुन जर्सीमा देखेको थिए, अब कहिलै त्यो जर्सीमा देख्न पाउदिन | अहिले सम्म जसरिमा लगायत धेरै फुटबलका किरा हरुलाइ मनोरंजन प्रदान गरेउ, तिम्रो जितमा खुसियाली मनाउने मौका दियेउ, उत्कृष्ठ खेल शैलीको कारणले हाम्रो मुटुमा बास पाउन सफल भएउ र हामीलाई हाम्रो मुटुमा तिमि जस्तो माहान खेलाडीको बास दिने मौका दिएउ, त्यसको लागि धेरै धेरै धन्यवाद ! मेस्सी, तर तिमीले अहिलेनै सन्यास नलिएको भए, अहिलेको असफलतालाइ भगाएर, अझ धेरै सफलता प्राप्त गरेर आफ्नो खेल कौशलबाट अरु धेरै फुटबल पारखीहरुलाइ मन्त्रमुग्ध पार्नेथियेउ भन्ने कुरामा कुरै दुइमत छैन | तिमीलाई यहि पत्र मार्फत आफ्नो बाकि जीवनको शुभकामना ब्यक्त गर्न चाहन्छु | मेस्सी, तिमी सधैमा लगायत करोडौ, अरबौ फुटबलका किरा हरुको सधैनै मनमा हुनेछौ, मुटुमा हुनेछौ.... "तिम्रो अरबौ समर्थक मध्ये एक, आयुष खनाल"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्