देश चुस्ने जुका र हाम्रो समर्थन !

देश चुस्ने जुका र हाम्रो समर्थन !

 

हामि देश चुस्ने जुकाहरुको बिरोध पनि गर्छौं र समर्थन पनि गर्छौं ! बिरोध गर्दा बाहिर-बाहिर बोक्रे बिरोध गर्छौं र यस्तै फेस-बुके स्ट्याटस लेखेर झारा टारछौं ! अलिकत्ति उग्र हुनुपर्यो भने हामि चुप लाग्छौं र तिनै देश चुस्ने जुकाहरुको मौन समर्थन गर्छौं ! किन होला त ?

किनभने त्यस्ता देश चुस्ने जुकाहरुले हौवा फैलाउछ्न ," लौ ! खत्तम हुने भयो , बरवाद हुनेभयो , देश नै नरहने भयो , देश सिक्किम वा भुटान हुनेभयो !" अनि हामि तिनीहरुकै कुरा पत्याई दिन्छौं र तिनै देश चुस्ने चुसाहा जुकाहरु लाई नै सबै कुरा जिम्मा लाउछौँ र देश बच्ने आशामा चुप लाग्छौं !

देश कहिले पो हाम्रा लागि बचेको थियो र ? न त महिन्द्रको पालामा , न त बिरेन्द्रको पालामा न त ज्ञानेन्द्रको पालामा न त अहिलेको तथा-कथित लोक-तन्त्र /गणतन्त्र को पालामा ? चुस्ने जुकाहरु मोटईरहेका छन् , दुख्ने काला-पानी र सुस्ता दुखिरहेका छन , मरिदिने गरीबका छोरा-छोरी मरिरहेका छन र पनि हामि त्यस्तै चुसाहा जुकाहरुको समर्थन गरि नै रहेका छौं ! किनभने हामि धेरै यथास्थितिवादी छौं ! हामीले सोचेको भन्दा अलिक बढी परिवर्तन हामीलाई चाहिएकै छैन ! किनभने अलिक बढी परिवर्तन भैदियो भने त हाम्रो त सत्यानास नै पो हुन्छ भन्छौं ! २ दिन भए पनि हामीले चाहिं भोकै बस्नै नपरोस ! २ घण्टा नै भए पनि हाम्रो नेट बन्द नहोस ! २/४ महिना सम्म पनि ग्यास नपाएर मरिरहेका निर्दोष जनता हामि पनि हौँ नि तर के गर्नु ? खै ! हामि सडकमा ओर्लिएका ? खै त हामीले बिरोध गरेका ? बरु हामि त पर-पीडक जस्ता पो भैरहेका छौं ! ग्यास नपाएका अनुहार तिर हेरेर हामि हास्छौँ र मख्ख पर्छौं र मन-मनै भन्छौं ," धन्न मैले चाहिं स्टोर गरेर राखेछु !" ग्यास जस्तै अभाव हामीले सयौं कुरामा भोगिरहेका छौं तर पनि हामि किन बोल्दैनौं ? किनभने हामीलाई डर छ , अर्को चुसाहाले मौकाको फाइदा उठाउछ र हामीलाई फेरि पनि अर्कै नयाँ नामले चुस्न थाल्छ !

 

एकथरीले हाम्रा नाम मा र देश नरहने नाम मा हामीलाई चुसिरहेको छ र पनि हामि चुप-चाप समर्थन गरिनैरहेका छौं ! अर्कोथरी हामीलाई चुस्न ठिक्क परिरहेको छ भनेर , हामि डरले बोल्न सक्दैनौं ! र , पहिले देखि नै चुसिरहेका लाई मौन समर्थन गरिरहेका छौं ! सकी नसकी धेरै चोटी हामीले चुसाहा हरुका बिरुद्धमा बोल्ने साहस त गर्यौं तर सधैं अपुरो ! हामि कहिल्यै पूर्ण हुन सकेनौं ! हाम्रो उद्दार गरिदिन्छौं भनेर आउने नाइके हरुलाई विश्वाश गर्यौं र हरेक पटक धोका खायौं ! त्यसैले होला हामि चुसाहा हरुका लागि नै मौन समर्थन गरिदिन्छौं ! हामि यस्तो सांगलोमा बेरिएका छौं कि मौका पायौं भने हामि आफैं चुस्न थालि हाल्छौं ! हाम्रो यस्तै मनोवृत्तिले गर्दा होला , हामि चुसाहा हरुका उग्र समर्थक भएका छौं ! किनभने हामि आफैं पनि चुसाहा वर्ग मैं पर्छौं ! पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्