वार्षिकाेत्सवकाे अवसरमा आवर विराटनगरले ल्यायो मोबाइल एप

वार्षिकाेत्सवकाे अवसरमा आवर विराटनगरले ल्यायो मोबाइल एप

प्रेम देवान
विराटनगर १५ असार । विराटनगरमा नै पहिलो पटक अनलाईन पत्रकारीता सुरु गरेको आवर विराटनगर डट नेटले आज आफ्नो पांचौ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ ।
यसै अवसरमा आवर विराटनगरले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । उक्त मोबाइल एप गुगलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिने आयोजकले बताएको छ ।
वि स २०६८ असार १५ गते नेपाल पत्रकार महांसघ मोरड शाखाको सभाहलबाट विराटनगरका युवा पत्रकारहरु मिली औपचारीक रुपमा सुरुवात गरेको थियो । पांंचौ वार्षिक उत्सवको अबसरमा विराटनगरमा रहेर सामाजिक, राजनितीक, शैक्षिक,कलाकारीता क्षेत्रमा योगदान पुर्याउने व्यक्तीहरुलाई सम्मान पनि गरेको छ ।
त्यसैगरी कार्यक्रममा अनलाईनले सुरुवात गरेको सहरसँग सेल्फीका विजेताहरु, विगत लामो समय देखी सक्रिय रुपमा आवर विराटनगरमा आवद्ध भएका आफ्ना संञ्चारकर्मी, सदस्यहरुलाई समेत सम्मान गरेको छ । कार्यक्रम मेरील्याण्ड कलेजका भेषराज पोख्रेल, पत्रकार माधवप्रसाद खतिवडा, हास्य कलाकार पारस थापा लगायतले सुचना र प्रविधीको तिव्र विकास संगै विराटनगरका युवा पत्रकारहरु पनि तिव्र रुपमा अगाडी बढेर आम जनतामा समाचार संप्रेषण गरेर उदारणिय काम गरेको बताए । साथै आगामी दिनमा पनि निरन्तर रुपमा यसरी नै अगाडी बढ्न शुभकामना व्यक्त गरेका थिए । आवर विराटनगरका निर्देशक विवेक दाहाल, सम्पादकमा सरोज कार्कीसँगै प्र्र्रेम देवान,विनु तिम्सीना, प्रयास दाहाल,वेविन शाक्य,निखिल शाक्य, बन्दना कर्ण लगायतका दर्जन बढि युवाहरुको सम्लग्नता रहेका छन् ।

ob annual 5th (6)ob annual 5th (7)ob annual 5th (2)ob annual 5th (3)ob annual 5th (4)ob annual 5th (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्