पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकपको सेमिफाइनलमा

<span class='c1'>पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित</span> <span class='c2'>गर्दै पोर्चुगल युरोकपको सेमिफाइनलमा</span>

काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे । यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेसले बराबरी गोल गरे । सेमिफाइनलमा पुग्ने क्रममा पोर्चुगलले एउटा खेल पनि निर्धारित समयमा जितेको छैन । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै हराएको थियो । युरोपियन च्याम्पियनसिपमा अहिलेसम्म कुनै पनि टोली यसरी ९० मिनेटको खेलमा नजिति यति लामो यात्रा गरेको थिएन । अझ रोचक त के भने पोर्चुगलले यो सिंगो प्रतियोगितामा १९ मिनेट मात्र खेलमा अग्रता लिएको छ । अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्जियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्