साउथ साइडर्स र प्राइम च्याम्पियन

साउथ साइडर्स र प्राइम च्याम्पियन

साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१–७८ ले पराजित ग¥यो ।

साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ अंक योगदान गरे । गोल्डेनगेटका सिद्धार्थ महर्जनले २४ अंक जोडे । पहिलो क्वाटरमा साउथ साइडर्स १४–२१ ले पछि प¥यो । त्यसपछिको खेलमा फर्केको साउथ साइडर्सले बाँकी तीनवटै क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो । साउथ साइडर्सले दोश्रोमा २४–२३, तेश्रोमा २७–१८ र चौथोमा २६–१६ को प्रदर्शन ग¥यो । महिलातर्फ फाइनल सरह राउन्ड रोविन लिगकै अन्तिम खेलमा ह्वाइटहाउसलाई ५७–४७ ले हराउदै प्राइम उपाधि जित्न सफल भयो । उक्त खेलअघि दुवै टोली अपराजित थिए । प्राइमको जितमा लुनिभा सिंहले २१ अंक जोडिन् । ह्वाइटहाउसकी अनुषा मल्लले १८ स्कोर गरिन् । पहिलो क्वाटरमा १०–७ ले अघि बढेको प्राइम दोश्रोमा १७–१९ ले पछि प¥यो । बाँकी दुवै क्वाटरमा पुनः प्राइमले अग्रता लियो ।

प्राइमले तेश्रोमा १२–६ र चौथोमा १८–१५ अंक बटुल्यो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साउथ साइडर्सका विजय तथा महिलामा प्राइमकी लुनिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई एमाले नेता गोकर्ण विष्ट, बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेलगायतले पुरस्कृत गरे । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा असार १० गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्