आयुस रिमाल: फ्रम नो वान टु युट्युब सेन्सेसन

आयुस रिमाल: फ्रम नो वान टु युट्युब सेन्सेसन

आयुस रिमाल पछिल्लो पुस्ताका चर्चित युट्युव सेन्सेसन हुन् । छयालिस हजार भन्दा बढि सस्क्राईवर भएको उनको युट्युब च्यानलमा लाखौको भ्यु दोहोरिने गरेको छ । समसामयिक बिषयहरुलाई समातेर उनले बनाउने भिडियोहरुमा 'कमेडी अफ म्यानर' भेट्टाउन सकिन्छ ।हाल अमेरिकामा बस्ने उनि केहि समयदेखि नेपालमा छन् । उनै आयुस सँग आवर बिराटनगर ले लिएको कुराकानीमा आधारित भएर तलको फिचर तयार गरिएको हो । - सम्पादक

आयुस सानैदेखि अरुले गरेको जस्तो काम गर्न मनपराउँथे । कसैले केहि गरेको हेरेर चाँडै प्रभावित भईहाल्ने । धेरैथोक गर्न मन लाग्थ्यो तर गरिहेरेर निरन्तरता दिन गाह्रो हुन्थ्यो । गाउने¸ फोटो खिच्ने लगायत धेरैथोक गरे तर सवैमा अब्वल हुन सकेनन् ।

एकदिन उनलाई साथिले राईनिकाको भिडियो देखायो । त्यसले पनि उनलाई प्रभाव पारिहाल्यो ।

भर्खरै डिएसएलआर क्यामेरा गिफ्ट पाएका थिए उनले । त्यसको भिडियो अप्सन चलाउने झोक त्यसैवेला चढ्यो । स्कृनमा आफै देखिए । फेसवुकमा जे पायो त्यहि लेखिएका स्टाटस हरुलाई संग्रह गरे रबिल्ला गर्दै भिडियो बनाए । फेसबुकमा राम्रो भ्यु आयो ।यस्ता खाले भिडियो बनाए मानिसहरुले मनपराउने रहेछन् भन्ने थाहा भयो । यसरी उनि कमेडी भिडियोतिर मोडिए । यो उनि नेपाल हुँदैको कुरा हो । लगभग तीन वर्ष अगाडी ।

त्यसपछि उनि अमेरिका गए । त्यहाँ पनि दाजु र दिदीहरुले भिडियो बनाउन प्रेरित गरिरहेकाले भिडियो बनाउन छाडेनन् । टार्गेट गरेर काम गर्दा महिनामा एउटा भिडियो बन्न थाल्यो । हेर्ने मानिसहरुको संख्या पनि बढ्न थाल्यो । त्यतिन्जेलसम्ममा उनि युट्युबमा आईसकेका थिए ।

कन्टिन्यु गर्न नसके हराएर जाने कुरा उनलाई थाहा थियो । आफ्ना अगिल्ला प्यासनहरुबाट सिकिसकेका थिए । त्यसैले जे होला होला कमेडी भिडियो मेकिङलाई चाँहि कन्टिन्यु गर्छु भनेर सोचे । युट्युबमा आफ्नै च्यानल बनाएर भिडियो अपलोड गर्दा रमाईलो पनि हुन थाल्यो । बनाउँदै जाँदा नयाँ नयाँ विषय तथा आईडियाहरु दिमागमा आउन थाले ।

भिडियो मेकिङको सुरुबात बारेमा कुरा गर्दा उनि काठमाण्डौको प्यारागन पव्लिक स्कुललाई संझिन्छन् । त्यहाँ भएको एउटा घटना कहिल्यै विर्सदैनन् । उनको कपाल लामो थियो । एकदिन स्कुलमा उनको सरले उनलाई कि त कपाल काट कि त निस्कि भन्नुभएछ । उनले दोस्रो अप्सन रोजे र सिधै गएर त्यहि सरको बारेमा भिडियो बनाए । त्यसबेलै हो उनले फेसबुकमा लेखिएका नानाभाँती स्टाटसहरुलाई पनि बिल्ला गरेर रेकर्ड गरेको । एकातिरको मान्छेलाई अन्तै तिर क्लिक गरिदिएको थियो त्यो गालीले ।

ayush rimal our biratnagar (1)˟˟˟˟˟

सानैदेखि छुकछुके थिए उनि । होस्टल बस्दा पनि उनि रमाईलो गरिरहन्थे । लास्टै चकचक गर्थे । सुतिरहेको साथिलाई प्याट्ट कुटेर धेरैपटक सुतेका छन् । यो त सानो उदाहरण भयो । खुशिको कुरा चाँहि के भनेधन्न साथीहरुले पचाए । अहिले पनि उनको जिस्कने बानी पचाउन साथिहरुलाई हम्मेहम्मे नै पर्छ । तर बानी भएका छन् ।

उनि दैनिक जीवनमा हुने विविध कुराहरु संग्रह गरेर राख्छन् र प्यारोडी बनाउँछन् ।उनले आफुलाई लुकाउन चाहेनन्¸ ईन्टरनेट¸ सामाजिक संजाल तथा फ्यानहरुको पनि धेरै मद्धत लिन्छन् कन्टेन्ट तयार गर्नलाई ।टिनेजर्स हरुमा ट्रेन्डिंग हुने कुराहरुलाई हेरिरहेका हुन्छन् । 'ड्रिम्स' फिल्मको ट्रेलर प्यारोडी त्यसकै उपज हो । गसिफमा भएका कुराहरुमा भिडियो बनाउँदा धेरैलाई एकैपटक छुने उनको वुझाई छ । म्यान्स रुम रिलोडेड जस्ता फेसबुक ग्रुपहरुमा पनि उनि धेरै कन्टेन्टहरु खोजिरहेका हुन्छन् । तर धेरैजसो ध्यान चाँहि कन्टेन्टलाई भन्दा बढि प्रस्तुत गर्ने तरिकालाई दिन्छन् । भन्छन्'कन्टेन्ट जरुरी हुँदा हुँदै पनि हाउ यु प्रिजेन्ट द्याट ईज अल्सो ईम्पोरटेन्ट' ।

उनि त्यस्तो कन्टेन्ट खोजिरहेका हुन्छन् जसले मान्छेको मुड लाईट गरोस् । कोहि बोरिङ लाईफस्टाईलबाट निस्किएर हाँसोस् । कसैको हाँसोको कारण बन्नु पनि ठुलै कुरो हो नि हैन? एकजना फ्यानको म्यासेज संझिए । उनि अलिक डिप्रेसनमा गएपछि उसको साथीले आयुसको भिडियो हेर्नु भनेर लगाएछन् । हेरेपछि उनलाई रिचार्ज भएजस्तो लागेछ ।'यस्ता म्यासेजहरु पढ्दा आफुले केहि गरेजस्तो लाग्छ' उनले भने ।

हेट म्यासेजहरु पनि नआउने हैनन् । एकजना फलोअर्स थिए जसले उनलाई व्यापक गाली गरिरहन्थे । उनको हेट कमेन्टहरु आईरहेको हुन्थ्यो । तर अर्चना पनेरुसँगको ईन्टरभ्यु हेरेपछि भने त्यहि मानिसले 'पहिला मलाई यो मानिस मनपर्दैन थियो । आजकाल मन पर्न थालेको छ' भनेर लेखेछन् । भिडियोलाई पृथक बनाउँदै लगे जसलाई पनि प्रभावित पार्न सकिने रहेछ भन्ने बुझे ।

˟˟˟˟˟

नेपालसँग उनि एकदमै नजिक छन् । भावनात्मक सम्बन्ध जहाँ पुगेपनि कम नहुने उनको बुझाई छ । भन्छन्'नभए त त्यति परको मान्छेलाई नेपाली दर्शकहरुले मलाई किन हेर्नु र?' फेरी देशको माया के हो भन्ने कुरा बाहिर पुगेपछि थाहा हुने रहेछ । यसपटक नेपाल फर्किँदै गर्दाको प्रसंग सुनाए उनले । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको धावनमार्गमा प्लेन उत्रिँदा उनको आँखामा आँशु आएको थियो रे । उता हुँदापनि साथिभाईहरु संझिरहेका हुन्छन् । नेपालको खवर सोधिरहेका हुन्छन् ।

नेपाल संझिएर भयानक पिडा भएको भुकम्पको बेला । उनि त्यसबेला सुतिरहेका थिए । बिहान भएपछि ममिले नेपालमा भुकम्प गएको सुनाएपछि मन थाम्नै सकेनन् । उनलाई नेपालमा घुकेका ठाँउहरु संझिएर मन चसक्क भयो । बसन्तपूर उनको मनपर्ने ठाँउ थियो । धेरै यादहरु गाँसिएका काठमाण्डौका सम्पदा र चोकहरु पुरिएको देखेर सारै मन दुख्यो । क्यामेरा खोले र भिडियो बनाए तर सारै बढि भावुक कुराहरु बोलेको हुँदा त्यसलाई युट्युबमा अपलोड भने गरेनन् ।

बरु त्यसपछि दुईवटा भिडियो बनाए । त्यसबाट उठेको सानो रकम भएपनि उनले भुकम्प पिडितको लागी रकम संकलन गरिरहेको संस्थालाई डोनेट गरे । मन हलुका भयो ।ayush rimal our biratnagar (2)

˟˟˟˟˟

सेलेना गोमेजलाई उनि अत्याधिक मनपराउछन् । सबैभन्दा बढि भेट्न मन लागेको सेलिब्रेटी नै भने हुन्छ । उनि ठ्याक्क अमेरिका जानुपनि सेलेना नेपाल आईछन् । उनि बत्तिसपुतलीमा बस्थे¸ सेलेना पनि द्वारिका होटलमा बसिछन् । उनलाई त्यसवेला नेपालमा नभएकोमा ठुलो दु:ख लागेको रहेछ ।

सवैभन्दा नजिकको साथी क्यामेरा जतिबेलै उनिसँग हुन्छ । आउटडोर भिडियो बाहेक घरमा भएको भिडियो प्राय उनि आफै खिच्छन । बाहिर भने साथीहरुले सघाईदिनेरहेछन् । आफुलाई मन लागेको काम गर्न धेरैजना नचाहिने उनको बुझाई छ ।

उनलाई यति फेमस हुन्छु भन्ने एकरत्ति पनि थिएन । पहिलो भिडियो अपलोड गर्दा पनि सोचेभन्दा बढि भ्यु पाए । राती अपलोड गरेर सुत्दा तीनसय भ्यु भएको भिडियो भोलिपल्ट बिहान सम्ममा दशहजार भ्यु कटिसकेको थियो । त्यो क्षण उनको जीन्दगीको सबैभन्दा खुशीको क्षण थियो । यदि त्यस्तो हुँदैन थियो भने उनि अहिलेको आयुस रिमाल बन्ने थिएनन् होला ।

अनमोल के सि को 'ड्रिम्स' फिल्मको ट्रेलर प्यारोडी उनको अहिलेसम्म सबैभन्दा वढि भ्यु आएको भिडियो हो । हाँस्दै भने¸ 'अनमोल केसिको प्यारोडिले धेरै मेल फ्यानहरुलाई बढाईदियो ।'

˟˟˟˟˟

पहिला र अहिलेको आयुशमा धेरै फरक आएको छ । पहिलाभन्दाअहिले ड्रेसिङ सेन्स बढेको छ । फ्यानहरुको एक्सपेक्टेसन लाई निराश बनाउन पनि भएन । सवैभन्दा मुख्य कुरा उनको कपाललाई सारै माया गर्न थालेका छन् । सँगै बसेकी निहारिका दिदीले थपिन्¸ 'कपालसँग यस्तो प्रेम छ कि¸ कतै निस्किनुपर्यो भने कपाल स्याहार्न आधा घण्टा पनि समय लाईदिन्छ ।'

उनि फोनमा निक्कै नोट लेख्छन् । कहिँ कतै केहि कुराले प्रोभोक गर्यो भने फोनमा सेफ गरिहाल्छन् ।उनि ईन्टाग्राममा धेरै भाईनहरु बनाईरहेका हुन्छन् । लगभग २०० भन्दा वढि बनाईसके होलान् ।सामाजिक संजालमा रमाईलो रमाईलो क्याप्सन हालेर भाईनहरु सेयर गर्दा रमाईलो लाग्छ । बिराटनगरको बाटोमा देखेको सुन पसलको बोर्डको बारेमा सुनाए । त्यसमा प्रियंका कार्कीको फोटो रहेछ । त्यसलाई ओई मैले बिराटनगरमा प्रियंका कार्कीलाई देखेँ भनेर त्यहि बोर्ड देखाउने सोचेछन् । फेरी निहारिकाले थपिन्¸ 'आजकाले बाटोका धेरै कुरामा प्यारोडी देख्न थालेको छ ।'

दुई बर्ष अगाडी आएका थिए उनि बिराटनगर । धेरै परिवर्तन भएछ । हुनत अगिल्लो दिनमात्र आईपुगेकाले धेरैथोक हेर्न पाएका थिएनन् । जे होस् नेपाल आँउदा बिराटनगरले उनलाई बोलाउँछ । आईपुग्छन् पनि । लामखुट्टे र गर्मी नभए त झनै खुशी हुन्थे उनि।

उनि भन्छन् जीवनमा भईरहेका फन्नी चिजहरु नै अरुलाई हँसाउन पर्याप्त छन् । मानिसहरु दिनहुँ धेरै कुराहरुमा हाँसिरहेका हुन्छन् । केहि त्यस्ता मान्छे हुन्छन् जसले बोलेपिच्छे हँसाईरहेका हुन्छन् । उनले तिनै सानासाना घटनाहरुलाई समेटेर भिडियो बनाउने हुन् ।

˟˟˟˟˟

फ्यानहरुले अहिले आफ्नो नामको पछाडी 'रिम्स' लेख्ने गरेका छन् । पहिला त उनलाई त्यो कुरा थाहा थिएन । उनि स्कुलमा पढ्दा साथिहरुले रिम्स भनेर निकनेम राखिदिएका थिए । मनपरेको हुनाले एकदिन उनले पनि फेसवुकमा आयुस रिमाल पछाडी ब्राकेटमा 'रिम्स' थपे । त्यसलाई त फ्यानहरुले माया गरेर आफ्नो नामको पछाडी तथा सामाजिक संजालको बायोमा पनि राख्न थालिसकेछन् । देखेर बिशेष लाग्छ रे उनलाई । भने 'आई लभ द वे दे स्टार्टेड कलिङ देमसेल्भस् रिम्स टु' ।

गर्न मन लागेर पनि गर्न नपाएको काम चाँहि फ्यान्सहरुलाई रिप्लाई हो । जवाफको एक्सपेक्ट नगरीकन उनिहरुले गर्ने कमेन्टस् सकेसम्म पढ्छन् ।कोहिकोहिले उनलाई नराम्रो लेखेको कमेन्टमा अर्को फ्यानले डिफेन्ड गरेको पढ्दा सवैभन्दा मिठो अनुभव हुन्छ उनलाई ।फ्यान्सहरुलाई पहिला पहिला रिप्लाई गर्ने गरेको भएपनि पछि संभव हुन छोडेको हो ।

हामी मार्फत फ्यान्सहरुलाई उनको सन्देश: अर्ग्यानिक स्वादको लागी जस्ताको तस्तै

सो मेन थिंग ईज फ्यान्स आर नै एभ्रिथिंग फर मि । अब फ्यान्सलेनै गर्दाखेरी हुन्छ नि आई एम वेयर आएम । किनभनेदेखि यो मेरो हेर्ने मान्छे नै नभएदेखि हु वुड आई मेक भिडियो फर हैन?

धेरै लेडिज फ्यानहरु भएकाले उनलाई लभ प्रपोजल पनि टन्नै आउने रहेछन् । अलिक लजाँउदै भने, 'त्यो फ्यानको माया हो त्यसैले त्यहि रुपमा लिन्छु ।'

˟˟˟˟˟

उनका हरेक भिडियो बनाउनुपूर्व आफ्नो धेरै भिउ आएको भिडियोसँग टार्गेट राख्छन् । प्रयास गरिरहेका हुन्छन् कि सकेसम्म सबैलाई छुनेखाले भिडियो बनाउने । हप्तामा यति भिउ पाउने गरी बनाउछन् रे । यदि पाए भने सफल भएँ नभए फेरी राम्रो गर्नुपर्यो ।

तर आफुले बनाएको भिडियोप्रति उनि कहिल्यै सन्तुष्ट हुँदैनन् । बेलाबेला डर पनि लाग्छ रे त्यो कामले कस्तो रेस्पोन्स पाउला भनेर । उनले आफ्नो बेस्ट फ्रेन्ड ईनेशालाई पनि यहिबेला संझिए । कुनैपनि भिडियो सार्वजनिक गर्नुअगाडी उनि ईनेशाको रेस्पोन्स लिन्छन् । भने¸ 'तर भ्युको हिसाबमा सोचेभन्दा नराम्रो भा छैन हैन¸ बरु सोचेभन्दा राम्रो चाँहि भाछ ।'आफुले गरेमध्ये गरेको सवैभन्दा सन्तुष्ट भएको भिडियो चाँहि 'अमेरिकन स्पिक्स नेपाली' हो । कसैलाई देखाउनु परे सवैभन्दा पहिला यहि भिडियो देखाउँछन् । कारण के छ भने¸ त्यो भिडियोले बच्चा देखि बुढा सम्म सबैलाई हँसाउँछ ।'

उनि अहिले आईटी र फिल्ममेकिङलाई सँगसँगै अगाडी लगिरहेका छन् । भर्खरै आधुनिक हुँदै गरेको नेपाली फिल्म ईन्ड्रष्ट्रीलाई पनि उनि निहालिरहेका छन् । भने¸'सोचेको त छैन तर यता आँएभने समथिंग डिफरेन्ट गर्छु ।'

˟˟˟˟˟

लगभग कुराकानी सकिन लागेपछि हामीले केहिवेर ईनफर्मल कुराकानी गर्यौ । त्यसैका केहि छोटा सवालजवाफ:

बोल्दा धेरै दोहोरिने शब्द: 'हैन'(उनले कुराकानीभर लगभग १५० पल्ट 'हैन' भने होलान् )

सबैभन्दा बहुमुल्य सामान:  सेलफोन (रिमेम्बर हिज टेक्स्ट नोट्स)

सबैभन्दा बहुमुल्य गिफ्ट: क्यामेरा (जसबाट उनि भिडियो खिच्छन्)

अरुलाई दिन मनलाग्ने चिज:  लभ (के हो आयुस¸ आफु गिफ्टमा क्यामेरा लिएर दिने चाँहि लभ मात्र?)

किस्सा पनि सुनाईहाले ।

अमेरिकाबाट फर्किँदा साथिहरुले सोधे: मलाई के ल्याईदिस्?

"माँया" उनले सबैलाई यहि जवाफ दिए ।

˟˟˟˟˟

'के फरक पाईयो त यहाँ र अमेरिकामा? 'कुराकानीको अन्तिमतिर हामीले सोध्यौ ।

उनले भने 'उता पब्लिकमा पिस गर्न पाईन्न किस गर्न पाईन्छ¸ यता पब्लिकमा किस गर्न पाईन्न पिस गर्न पाईन्छ ।'

र स्कुलको पुरानो दिन संझिँदै भने¸ ' उताको तुलनामा यहाँ अनुशासनको कुरा अलिक बढि लादिएको जस्तो लाग्छ । स्कुलमा नेपाली बोल्न नपाईने तर अंग्रेजी मात्र बोल्नुपर्ने कुरा ठिक हो किनकी त्यसले हाम्रो भाषालाई बलियो बनाउँछ । तर कपाल छोटो काट्नुपर्ने वा ठुलो पाईन्ट लगाउनु पर्ने कुरा भने बेकार लाग्छ ।'

'र नेपालमा आँउदा यसपटक फरक लागेको कुरा?'

'एयरपोर्टबाट फर्किदा ब्याग चाँडै भेटियो ।' उनि लामो हासे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्