सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

राजघाट २८ असार विजय धिमाल उर्लाबारी ४ स्थित गोदाबारी अस्पतालमा सुत्केरीको मृत्युपछि आफ्न्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालको लापरवाहीका कारण २२ वर्षीया ज्योति खड्काको मृत्यु भएको आफ्न्तको आरोप छ । नवजात शिशुको अवस्था भने सामान्य छ । दमक १६ ताराबारीकी ज्योतिको मंगलबार साँझ शल्यक्रिया गरी बच्चा जन्माएपछि बिहान मृत्यु भएको आफन्तले बताएका छन् । सुत्केरीलाई रक्तस्राव हुने, शरीर चिलाउने, वान्ता हुने, सास फेर्ने गाह्रो हुने भएको आफ्न्तको भनाइ छ । ज्योतिलाई अस्पतालले बिहान मृत घोषित गरेपछि आक्रोशित आफन्तले घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्न दवाव दिर्दै शिशाहरु तोडफोड गर्नुका साथै नाराबाजी र धर्ना दिएका छन् । अहिले अस्पतालको उपचार कक्षबाहिर र अस्पताल हाताभित्र सुरक्षाकालागि प्रहरी तैनाथ गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आक्रोशित आफ्न्त र स्थानीयबासीले अस्पतालमा नाराबाजी र धर्ना दिइरहेका छन् । गोदाबारी अस्पताल पूर्वाधारयुक्त नभएकोले यस्ता घटनाहरु दोहोरिरहेको आरोप छ । ‘चिकित्सकको चरम लापरबाही भयो । नसक्ने भए अन्तै रेफर गर्नुपथ्र्यो,’ मृतकका आफ्न्तले भने, ‘अवस्था राम्रै छ, ढुक्क हुनुस् भनेर हामीलाई भुलाउने काम भयो ।’ मृतकका आफन्त र अस्पताल प्रशासनबीच केही घण्टादेखि भएको वार्ता पनि सहमतिमा आउन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्