मट्टितेलको टुकी प्रयोग गर्नेलाई सोलार वितरण

मट्टितेलको टुकी प्रयोग गर्नेलाई सोलार वितरण

उर्लाबारी, २८ अासार
घर अगाडिबाट विद्युतका तार गाउँ–गाउँ पुरयाइए पनि घरमा मट्टितेलको टुकी बाल्दै आएका मोरङको केरौन गाविसका २५ घर धुरीले मंगलबारबाट सोलारको उज्यालो प्रयोग गर्न पाएका छन् । जिल्ला विकास समिति मोरङको वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत गाविस र सांसद विकास कोषले आर्थिक सहयोग गरेपछि उनीहरूलाई २० वाटको सोलार बत्ती उपलब्ध गराइएको हो । सोलारको मुल्य १२ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार मोरङको केरौन–३ धापगाउँमा विपन्न,अल्पसंख्यक,दलित, आदिबासी जनजाति समूदायका २५ परिवारलाई सभासद दिलिपकुमार गच्छदारले सोलार प्रदान गर्नुभयो । सोलार वितरण कार्यक्रममा बोल्दै सभासद गच्छदारले कम्तीमा हरेक नागरिकले राज्यले उपलब्ध गराएको सेवा सुविधा लिन सकोस भन्ने उदेश्यले विपन्न परिवारका लागि सोलार वितरण गरिएको बताउनु भयो । घर अगाडि विजुलीको लाइन भएर बत्ती बाल्न नसकेका परिवारलाई लक्षित गरी कार्यक्रम ल्याइएको उहाँको भनाई थियो । जिविस मोरङका उर्जा अधिकृत ज्ञानेश्वर सिंहले सहभागितामा आधारित कार्यक्रमले उर्जा संकट टार्न सकिने बताउँदै स्थानीय निकायबाट लगानी हुन सके २०० वाट सम्मको सोलारमा अनुदान दिन सकिने बताउनु भयो । स्थानीय युवा सुयर्माराज राईको सभापतित्वमा भएको सोलार वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ का सभापति मोहन विक्रम कार्की, गाविस सचिव हेमुलाल गौतम आदिबासी जनजाति संघ मोरङका सचिव धनबहादुर गुरुङ लगायतका वक्ताले सोलार वितरण पछि स्कुले नानीहरूलाई पढ्न सजलो हुने बताउनु भएको थियो । फोटो पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्