ट्रकसंग बस ठोक्किदा १३ घाइते

ट्रकसंग बस ठोक्किदा १३ घाइते

सुनसरी,२९ असार : सुनसरीको रामधुनी-भासी-४ मा मंगलबार ट्रकसंग बस ठोक्किदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् ।

विराटनगरबाट राजबिराजतर्फ जादै गरेको ना ३ ख ५४६० नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका १३ जना यात्रुको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । यता फरार रहेका बसका चालकको खोजीकार्य भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्