सुरेन्द्रको उपचारकालागी रकम जुटाउदै

सुरेन्द्रको उपचारकालागी रकम जुटाउदै

राजघाट २९ असार
विजय धिमाल
मोरङको उर्लाबारी नगरपालिका वार्ड नम्बर ९ भुसीका ३३ वर्षिय सुरेन्द्र धिमालको उपचारार्थ सालबारी समाजले रु ३४ हजार ५ सय ९० रकम संकलन गरी नेकपा एमाले वडा कमिटी अध्यक्ष खेमचन्द्र थापा र आमा समुहकी माया धिमालले बिरामीको परिवारलाई रकम हस्तान्तरण गरेको छ ।
सुरेन्द्र ब्लड प्रेसरका कारण अचानक लड्न गई तत्काल बिराटनगर स्थित बिराट नर्सिङ होम पु¥याइएको छिमेकी हरेराम धिमालले जानकारी दिए । पुर्ण चेकजाँच पछि टाउकोमा ब्लड जमेको रिर्पोट आए अनुसार तत्काल अप्रेशन गर्नु पर्ने डाक्टरको सल्लाह भएको विरामी कुरुवा मामा याम बहादुर धिमालले जानकारी दिए । हाल बिरामी बिराटनगर स्थित बिराट नर्सिङ होम बेड नम्बर ७ आइ सि यु मा रहेको अबस्था छ । डाक्टरको भनाई अनुसार उपचार सम्भब छ तर रकम भने ४ लाख लग्ने बताए पछि परिवार अलमल्ल परेकाछन । सास रहुन्जेल आश हुन्छ भन्ने भनाईले विरामीको अप्रेशन भने सक्सेस त भयो अब पैसा तिरेर निकाल्ने क्षमता छैन । पारीवारीक अवस्था नाजुक भएका कारण स्वदेश तथा बिदेशमा रहेका आम नेपाली सहयोगी मन भएका हातहरु प्रति सहयोगको याचाना गर्दछन ।
बिरामी सुरेन्द्रको बिवाह भएको करिब २ वर्ष मात्र भएको र ९ महिनाको पहिलो सन्तानको रुपमा जन्म त भयो तर बुवाको मुहार र माया राम्रो संग देख्न नपाउने होकी पिर गाउँलेलाई । जति हुन्छ, के कती सकिन्छ सुरेन्द्रको नयाँ जीवनका लागी सहयो गर्नु पर्छ भन्ने हेतुले स्थानिय युवा लगायत आम गाउँले लागी परेका छन । रकम संकलन अभियानमा स्थानिय नेकपा एमाले उर्लाबारी वडा कमिटी अध्यक्ष खेमचन्द्र थापा र आमा समुहकी माया धिमालले गरी रहेको मनसुन फोटो स्टुडीयो उर्लाबारी मंगलबारेका प्रो. राजेन्द्र धिमालले जानकारी दिए ।
थप जानकारीका लागी
नेकपा एमाले उर्लावारी वडा कमिटी अध्यक्ष खेमचन्द्र थापा ः ९८४२१९८५१७,आमा समुहकी माया धिमाल ः ९८०७०६४९१९
बिरामीको फुपाजु कृष्णजंग धिमाल ः ९८०७३४४६९६, मामा याम बहादुर धिमाल ः ९८१०३५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्