झापा, असार २९
झापाको गौरादह- ३ मा पानी हाल्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दिल बहादुर राई रहेका छन्।
उनलाई दिउसो १२ बजे खेतमा पानी हाल्न मोटर चलाउने क्रममा विधुत चुहावट भई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागी दमक तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरीको टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरागरेको छ।