हामी यस्तै छौं किनभने हामी नेपाली हौँ !!

हामी यस्तै छौं किनभने हामी नेपाली हौँ !!

हिजो भन्दा आज रिसको पारो अलिक घटेको छ किनभने हामि नेपालि यस्तै छौं ! रिस उठेको बेला रिस पोख्यो , सकियो !

............तर कुनै कुनै रिस दिनदिनै थुप्रिदै जान्छ ! त्यस्तो भयो भने के हुन्छ होला ? कुनै एकदिन बिष्फोट हुन्छ ! त्यस्तो बिष्फोट आफ्नै लागि पनि हानि हुन्छ तर ..............

तर के आफुलाई हानि हुन्छ भनेर रिस उठेको बेला बाहुनले वेद पढ्ला त ? पक्कै पनि पढ्दैन ! झन् अहिलेको यो रिस त मेरै जिवनमा पनि कम्तिमा पनि ३० बर्ष त भयो होला , दिनदिनै थुप्रिदै गैरहेको छ निरन्तर !

हुन त मैले अहिले सम्म जत्ति नै रिस उठे पनि मरिजा भनेर कसै लाई भनेको छुइन , केटाकेटीमा भन्या भए याद छैन ! अहिले पनि व्यक्तिगत रिस उठेर "मरी-जावस " भन्नुपर्ने त्यस्तो कोहि छैन !

बरु यी २ बर्ष भित्रमा आफ्नै टोल विकास भनेर आएको रु एक करोड रुपियाँ लाई एकै टोलका मानिसहरु दुई भागमा बाँडीएर सारा गाऊँले लाई देखाई-देखाई लाज -शरम पचाएर दुरुपयोग गरेको देख्दा चाहिं धेरै रिस उठ्यो , सार्वजनिक थलोमा नै बिरोध गरियो , पत्रिकामा लेख लेखियो .........धन्न टिभी बोलाएर बेइज्जत चाहिं गरिएन ........स्कुल-कलेजमा पढाउने शिक्षक समेत त्यस्तो विकृतिमा सामेल भएको देखेर जिब्रो काढियो...........तर यी सबै कुरा सामुहिक हितका लागि गरियो ............

 

मेरो जस्तै सबै नेपालीको रिस थुप्रिदै गएकोले होला , बेलाबेलामा देश भित्र ज्वालामुखी बिष्फोट भैरहेको ! चाहे त्यो बिष्फोट ०३६ सालमा होस्, ०४६ सालमा होस् या ०६२ सालमा होस् , बेलाबेलामा बिष्फोट भैरहेको छ तर केहि मदारिहरु भन्छन ," हामीले आन्दोलन गरेको !"

 

सिधा-सादा जनताको भावना संग खेलवाड गर्ने मदारिहरु , देशको नाइके भयौं भन्छन तर मालिकले कतिबेला चेसको प्यादा उठाए झैं उठाएर कता पट्टि सारेको हो र किन सारेको हो , फ्याट्टै बुझ्दैनन् ! बस एक स्थान बाट अर्को स्थान सरिदिन्छ्न ! किन र केको लागि भनेर न आफु बुझ्छन, न आफ्ना बाँदर सेनालाई बुझाउने कोशिश नै गर्छन !

 

अँ , एउटा कुरो चाहिं सोचनीय छ है ! ति बाँदर सेना पनि केहि बोल्दैनन , किन ? किनभने उनीहरुका शरीर भित्र रक्शी र मासु रुपी चिप्स जडान गरिएका छन ! त्यसैले उनीहरु पनि आफ्ना मदारीका बिरुद्धमा एक शब्द बोल्दैनन ! कहिलेकाहीं भाग-बण्डा नमिलेमा टुँडिखेलमा उभिएर सराप्छन आफ्नै मदारिलाई तर फेरि भागबण्डा मिल्यो भने तिनकै मतियार बनेर सयर गर्छन , सरररर !!! यस्तै छ याहांको चलन !

 

अनि हामी बुद्धु नेपालि चाहिं रिसाउँदै बिर्सिंदै .............रिसाउँदै बिर्सिंदै .............गरिरहन्छौं !

अनि ति मदारिहरु चाहिं हामीलाई विभिन्न नाच देखाइरहनछ्न ........वास्तवमा हामि जसलाई मदारी भन्छौं , ति सबै प्यादा मात्रै हुन् !

त्यस्ता प्यादाहरुको जीवन -शैली हेर्नुस , अमेरिका र युरोपका धनाढ्य लाई मात दिन्छन ! त्यस्तालाई पनि हामि सलाम गर्छौं किन भन्दा सभ्य हुन अरे , अरु बोल्दैनन हामि मात्रै के बोल्नु भनेर नजर शर्मि भएर !

हामी यस्तै छौं किनभने हामी नेपामी हौँ ! पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्