अझै हटेन्न बेलबारीका अब्यबस्थित टहरा

अझै हटेन्न बेलबारीका अब्यबस्थित टहरा

बेलबारी । केही साता अघि नै बेलबारी नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका घर तथा टहरा हटाउन निर्देशन गरेपनि अहिले सम्म त्यस्ता घर तथा टहरा हटाईएका छैनन ।
नगरपालिकाले एक हप्ता अगाडी नै सडक अतिक्रण गरी बनाईएका घर तथा टहरा हटाउन निर्देशन दिएपनि अहिले सम्म नहटाईएको हो । दैनिक रुपमा सडकको अतिक्रमण बढ्दै जान थाले पछि नगरपालिकाले सुचना जारी गर्दै हटाउन निर्देशन गरेको थियो । सडक साँघुरो भई दुर्घटना बढ्दै जान थाले पछि ट्राफिक प्रहरी तथा नगरपालीकाले सडक खालीगराउन अभियान थालेपनि नगरपालिकाको वार्ड नम्बर ४ लालभित्ति तथा अन्य केहि क्षेत्रमा टहरा भत्काईएका छैनन ।
एक हप्ता भित्रमा टहरा नभत्काए नगरपालिकाले अतिक्रमण गर्ने जनाए पनि अहिलेसम्म टहरा हटाईएका छैनन । हामिले एक हप्ताको म्याद दिएका थियौ नगरपालीकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले भने अब नभत्काईएका टहरा नगरपालिकाले हडप्छ । बजार क्षेत्र भित्र ब्यापारीहरुले निर्माण सामाग्री तथा ब्यापारी प्रयोजनका सामाग्री राखेर ब्यापार गर्ने गरेकाले सडक साँघुरो भएको छ ।
सडकको दाँया बाँया नै ८२ फुट छोडनका लागी नगरपालिकाले सुचना जारी गरेपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । ब्यापारीहरुले सडक अतिक्रमण गरी रड, इँटा तथा ग्याँसका सिलिण्डर राख्ने गरेकाले सडक साँघुरो हुदै गएको र आवातजावतमा समेत समस्या भएको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ । बेतना सिमसार देखी किस्तीको पुल सम्म नगरपालिका क्षेत्रको राजमार्गमा पर्ने क्षेत्र भित्र बेलबारी नगरपालीकाले पहिलो पटक अभियानकै रुपमा सडक अतिक्रमण हटाउन पहल थालेको हो । सरकारी मापदण्ड अन्र्तगतकै सडक बनाए पनि अतिक्रमण बढ्दै जान थाले पछि नगरपालिकाले चासो देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्