बेलबारी पुर्ण खोप नगरपालिका घोषणा

बेलबारी पुर्ण खोप नगरपालिका घोषणा

 

उत्तम पोख्रेल,बेलबारी ।
बेलबारी नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरीएको छ । नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप रहित नगरपालीका घोषणा गरिएको हो ।
कसेनी उपस्वास्थ्य चौकी तथा बेलबारी उपस्वास्थ्य चौकीको सहजीकरणमा पुर्णखोप नगरपालिकाको घोषणा गरीएको हो । तत्कालीन बेलबारी गाबिस तथा कसेनी गाबिसमा रहेका उपस्वास्थ्य चौकी नगरपालिका बनेपनि दुई वटै उप स्वास्थ्य चौकी बाट सेवा प्रदान गरिँदै आएको छ ।
बेलबारीका ६ सय ४० जना तथा कसेनीका १ सय ४० जना बालबालिकालाई विभिन्न चरणका खोप लगाई सकिएको बेलबारी उपस्वास्थ्य चौकीले जनाएको छ । बिशेष गरेर दादुराको खोप पुरा गरेका बालबालिकाको आधारमा पुर्ण खोपको तथ्यांक तयार गरीने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । सुन्दरदुलारी पहिलो पुर्ण खोप नगरपालिका बनेको छ भने रङ्गेली दोस्रो तथा बेलबारी नगरपालिका तेस्रो भएको जनाईएको छ ।
बिराटनगर उपमहानगरपालिका लाई भने केहि दिन अघि घोषणा गरीएको थियो । ३६ वटा गाविस दुई वटा नगरपालिका र एउटा उपमहानगरपालीकालाई पुर्ण खोप रहित नगरपालिका तथा गाविस घोषण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशाशक भानु यङदेनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन भन्दा वढि संघ सस्थालाई सम्मान गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्