सपनामा नयाँ जीवन पाएको देख्छु

सपनामा नयाँ जीवन पाएको देख्छु

विजय धिमाल13692267_1095352570519127_246638683_o
राजघाट ३० असार
हरेक मान्छेले आफ्नो जीन्दगीको करियरलाई अघि बढाउने साथै सुखमय जीवन यापनको सपना र लक्षय लिएको हुन्छ । त्यस्तै केही समय अघि देखि कुनै एक सुन पसलमा कालीगड काम गर्दै नेपाली म्युजिक भिडियो खेल्दै आफ्नो जीवनको सुरुवात के मात्र थालेका थिए थलिन पुगे ।

उनि हुन मोरङ बयरबयन गाविस वार्ड नम्बर ३ हरकपुरका २७ वर्षिय संन्दिप सेन्चुरी । हाल रोजगारको सिलसिला र कलाकारीतामा अस्थाइ बसोबास काठमाण्डौ नेपाल । संन्दीपको शरिरको बोनम्यारो क्यान्सर भएको कारण बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था भएको छ । म्युजिक भिडियो खेल्ने क्रममा शरिर ज्यादै थकान महसुस भै चाबेल स्थित एक अस्पतालमा चेकजाँच गराए केही पत्ता लागेन । त्यस पश्चात नेपालको बिभिन्न अस्पताल पु¥याए पछि अन्तिममा काठमाण्डौ स्थित टिचिङ अस्पतालले शरिरमा सेतो ब्लड सकिएको संकामा दिल्ली रिफर गरेको थियो । दिल्लि स्थित बि एल के अस्पतालले बोनम्यारो क्यान्सर भएको पत्ता लगाए । दिल्ली स्थित डाक्टरको सल्लाह अनुसार बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने जानकारी दिए । जानकारी अनुसार दिल्लीमा ११ लाख खर्च जसोतसो गरे अझै रकम लाग्ने भएकोले हाल किमु दिदै नेपालमै सामान्य उपचार भरतपुर क्यान्सर अस्पतालमा भैरहेको छ । दिल्ली स्थित बोनम्यारो प्रत्यारोपण गर्न करिब २१ लाख रुपैया भारु लाग्ने भएकोले संन्दिप उपचार बिहिन थलिएका छन ।

संदिपको नयाँ जीवनका खातिर झापाको दमक, मोरङको उर्लाबारी र मधुमल्लाका कालिगढ संघले एक लाख एघार हजार उठाइ रकम सहयोग गरेको राजघाट स्थित रहेको संदिपको फुपु जानुका बराइलीले जानकारी दिइन । नेपालका राष्ट्रिय गायक स्वरुपराज आचार्य, दिपक लिम्बु, प्रमोद खरेल, शिव परियार, दिपेन्द्र रसायली, दिनेश मल्लिक जस्ता गायक तथा संगितकार द्वारा स्वर बद्ध गीतमा म्युजिक भिडियोमा अभिनय गरी सकेको संदिप बताउछन । थप्दै यति मत्रै हैन अन्य धेरै मोड्लीङ गरी सकेको छु मैले अभिनय गरेको “मैले के गल्ति गरे प्रिये....” दिपक लिम्बु, “कमलो मुटु छेडेर गयौ....” स्वरुपराज आचार्य भिडीयो युटुब मा हेर्न सकिन्छ ।

यदि मलाई स्वदेश तथा विदेशमा रहनु हुने आम नेपाली दाजुभाई दिदीबहिनिहरु र आफु कलाकार भएकोले आम कला प्रेमीहरुले सहयोग गरे नयाँ जीवन पाउने आशमा छु । म बाँच्न चाहान्छु र हरदिन सपनामा नायँ जीवन पाएको देख्छु । आशा छ मलाई सहयोग गर्नु हुन्छ भन्ने जसकालागी बैङ खाता नम्बर ९१०७०१००००९३२ ग्लोबल आइ एम इ बैङक सुकेधारा काठमाण्डौ नेपाल संन्दिप सेन्चुरी हकवाला उनको श्रीमती मिलम सेन्चुरी ।
सम्पर्क फोन : ९८०२६५६०२१, फुपु राजघाट ९८०३७०३०६३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्