चैनपुरमा बाढीले तहल्का मच्चायो

<span class='c1'>चैनपुरमा बाढीले</span> <span class='c2'>तहल्का मच्चायो</span>

विराटनगर   साउन १,
बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले सातओटा पसल र एउटा झोलुंगेपुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले भने–‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य ६ जनाको पसल बगाएको छ ।’बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ । अझै १५ पसल बाढीको उच्चजोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गरे ।

३० ओटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुंगेपुल बगाउँदा सदरमुकाम–गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।शुक्रबार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्