अन्र्तकृया कार्यक्रम सम्पन्न

अन्र्तकृया कार्यक्रम सम्पन्न

विजय धिमाल
विराटनगर  साउन १,
मोरङको लेटाङभोगटेनि नगरपालिका स्थित यु एम एन को सहयोग र समुदायीक विकास मंच नेपालको सहयोजनामा एक दिबसिय अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
सबै धर्मको एउटै चाहना अहिंसा र शान्तिकोकामना भन्ने मुल नाराका साथ अन्तर धार्मीक शान्ति पार्कको नमुना सम्बन्धि अन्र्तकृया कार्यक्रम भएको हो । बिगतका दिनमा धिमाल जातिको ऐतिहासिक थलोलाई मेटाउने तरिकाले चलखेल भएको भन्दै धिमाल जातिय विकास केन्द्रले बिरोध स्वरुप प्रेस विज्ञप्ती समेत गरेको थिइयो । सो कै कारण किरात, इसाइ, हिन्दु, मुस्लिम र बौद्ध धर्म लगायत विभिन्न क्षेत्रका बौधिक व्यक्तित्वहरु संग धिमाल जातिय विकास केन्द्र बिच अन्र्तकृया तथा छलफल भएको हो । धिमाल जातिय विकास केन्द्र बाट अन्र्तकृया तथा छलफलमा बरिष्ठ उपाध्यक्ष तेजबहादुर धिमाल, महासचिब केदार धिमाल, मोरङ जिल्ला अध्यक्ष पदम पात्रे धिमाल, आन्तरिक लेखा परिक्ष विभाग प्रमुख कृष्ण धिमाल लगायत ८ जना सहभागी भएका थिए । धिमाल जातिको उद्गम स्थलमा धिमाल जातिलाई नै थाहा नदिई पार्क निमार्ण गर्न लागेकोमा आपत्ति रहेको थियो । जस आपत्तिलाई समुदायीक विकास मंच नेपालले स्किार्दै बृहत छलफल गरी कार्य गर्ने भएको छ ।
कार्यक्रममा स्थानिय बुद्धीजिवी, अन्र्तधार्मीक शान्ति संजाल, राजनैतिक दल, स्थानिय सरोकारवाला, विभिन्न धर्मका धर्मगुरुको उपस्थिति रहेको थियो भने समुदायीक विकास मंच नेपालका अध्यक्ष कमल अधिकारीको सभापतित्व सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्