पचास हजार तोलामा सुन दिन्छु भनेर बिस लाख ठगी गर्ने पक्राउ

पचास हजार तोलामा सुन दिन्छु भनेर बिस लाख ठगी गर्ने पक्राउ

विराटनगर, साउन २,

मोरङको बेलबारीका एक सुन व्यापारीलाई सस्तोमा सुन दिन्छु भनि बिस लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा शरणामती ५ घर भई हाल भक्तपुर ठिमीमा डेरा गरी बस्ने ६१ वर्षिय धनपति भट्टराई रहेका छन।

भट्टराईलाई क्षेत्रीय अनुसन्धान समुह (RIT) विराटनगरबाट खटिएको टोलीले असार २८ गते काठमाण्डौबाट पक्राउ गरी आज इलाका प्रहरी कार्यालय बेलबारीमा सार्वजनिक गरेको हो।

पक्राउ परेका भट्टराईले मोरङ बेलबारी २ का सुन-चांदी व्यावसायी संजिव ज्वेलर्सका प्रोपाईटर डम्बर बिश्वकर्मासंग आफू सुन व्यवसायी भएको र पचास हजार तोलाका दरले ७५ तोला सुन ल्याई दिन्छु भनि प्रलोभनमा पारी विस लाख रुपैया ठगेका थिए।

भट्टराईले विकलाई मिति २०७३।२।२६ गते दिउँसो १२:३० बजे सुन लिन आउनु भनेर कोशी-हरैचास्थित लेगुवा होटलमा बोलाई विकको साथमा भएको झोलाबाट नगद बिस लाख झिकेर उनलाई कागजको बण्डलसहितको झोला थमाएर ठगी गरेका थिए।

विकको झोलाबाट पैसा झिकेर भट्रटराईले आफूले लिएर गएको कालो रंगको झोलामा राखेर ताला लगाए अनि फोन गरे जस्तै नाटक गरी सुन आउन समय लाग्ने भयो तपाई यो झोलासहित पैसा लिएर जानु म सुन लिएर घरमै आन्छु भनि कागजको बण्डल भएको त्यस्तै रंगको अर्को झोला थमाएर पठाएका थिए।

झोला बोकेर घर पुगेका विकले धेरै बेरसम्म कुर्दा पनि भट्टराई नआएपछि झोला खोली हेर्दा सो झोला भित्र पैसाकै आकारमा काटिएको कागजको २८ थान बंडेल भेटेपछि आफू ठगीएको थाहा पाएर इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए।

प्रहरीले भट्टराईको घरमा लुकाई राखेको अवस्थमा ठगी गरेको रकम मध्ये रु १०,००,०००।– (दश लाख) रुपैया र विभिन्न नम्बरको तीन वटा मोवाइल सेट बरामद गरेको छ।

भट्टराईलाई मोरङ जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्