लौकहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

लौकहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सुनसरी, साउन ३

सुनसरीको लौकहीमा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

लौकही-९ बस्ने अन्दाजी ३५ बर्षिय फूलकुमारी उरावलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको हो।

साँझ ५;१५ बजे तिर आफ्नै घरमा लगाइएको टिनको ढोकामा बिधुतको नाङ्गो तार सर्ट भई उनलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भिर घाइते भएकी उरावको ईनरुवा अस्पतालमा उपचारको क्रममा बेलुका ७;१० बजे मृत्यु भएको हो। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्