प्रथम लिम्बू विद्यार्थीको महासम्मेलन हुने

प्रथम लिम्बू विद्यार्थीको महासम्मेलन हुने

 

फिपराज बेघा

मोरङ । लिम्बू विद्यार्थीहरुको सामाजिक संगठन लिम्बु विद्यार्थी मञ्चले प्रथम लिम्बु विद्यार्थीको महासम्मलेन दमक झापामा कार्तिक २, ३ र ४ गते गर्ने भएको छ । मञ्चले प्रेस विज्ञप्ती जारी गर्दै सम्मेलनको बारेमा सार्वजनिक गरेको हो । दमकमा सम्पन्न मञ्चको तेस्रो पूर्ण बैठकले पारित प्रस्ताव सार्वजनिक गर्दै महासम्मेलनमा मोटरसाइकल र्याली, बृहत उद्घाटन, सांस्कृतिक र्याली, सांगीतिक कार्यक्रम, लिम्बू भाषा, लिपि, संस्कृति, मुन्धुम र लिम्बुवानका क्षेत्रमा सहयोग गर्नुहुने महानुभवहरुलाई सम्मान, नेपाल र भारत, भुटान, अमेरिकालगायतका विद्धानहरुबाट लिम्बू भाषा, साहित्य, इतिहास, मुन्धुम र लिम्बुवानका विषयमा कार्यपत्रहरु प्रस्तुत र छलफल लिम्बू विद्यार्थीहरुको महासंघ गठनको पहल र घोषणा पत्र जारी गर्दै सम्पन्न गर्ने मञ्चले जानकारी दिएको छ । मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलका अनुसार भारतका विभिन्न प्रान्तहरु जस्तै, दार्जिलिङ, सिक्किम, आसाम, भुटान, प्रवासी भुटानी, वर्मा, हङकङ, जापान, अमेरिका, नेपालका ५ सय बढी विद्यार्थीहरुको सहभागी हुने कार्यक्रममा प्रधानमन्त्रीको प्रमुख आथित्य हुने, खर्च साढे ४ लाखमा खर्चमा सम्पन्न गर्ने बताइएको छ । लिवि मञ्चको महिमालाई थप उचाई दिन सांगीतिक जागरणका निम्ति लिविको उद्देश्य समेट्ने लिवि गान निर्माण गर्ने, साउन २२ गते लालमोहर स्मरण दिवस इलाम र काठमाण्डौ मनाउने तथा लिम्बु जातिको राष्ट्यि पोसाक तागा र मेख्ली शैक्षिक सस्थामा लागु गर्ने पहल गरिने निर्णय गरेको मञ्चद्धरा जारी विज्ञप्तीमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्