फिदिममा एकै परिवारका तीन जनामाथी खुकुरी प्रहार गर्ने नियन्त्रणमा   

<span class='c1'> फिदिममा एकै परिवारका तीन जनामाथी</span> <span class='c2'>खुकुरी प्रहार गर्ने नियन्त्रणमा   </span>

पाँचथर, साउन ४

पाँचथरको फिदिम-२ मा एकै परिवारका तीन जनामाथी खुकुरी प्रहार गरी फरार भएका युवक पक्राउ परेका छन।

स्थानीय देवराज इवा लिम्बुसहित उनकी छोरी सावित्रा र छोरा आइन्द्रलाई खुकुरी प्रहार गरी फरार भएका सोही स्थानका १९ वर्षिय मनोज तुम्बाफोलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले तेह्रथुमको सिम्लेबाट आज विहान ११ बजे पक्राउ गरेको हो।

तुम्बाफोले छिमेकी जय तुम्बाफोको घरमा क्रियापुत्री रुङ्न बसेका बेला देवराजसंग वादविवाद भएको निहुँमा राती १ बजे उनकै घरमा पसी लिम्बुसहित छोरी सावित्रा र छोरा आइन्द्रमाथी अन्धाधुन्ध खुकुरी प्रहार गरी फरार भएका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका देवराजको उपचारकालागि लैजानेक्रममा मृत्यु भएको थियो भने दिदी-भाईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्