तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित

<span class='c1'>तीन दिनदेखिको वर्षाका कारण झापामा आएको</span> <span class='c2'>बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित</span>

झापा साउन ६ , तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस्थापित बनेका सबै परिवारलाई राजगढ–१ को अमृत निम्न माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डुबानबाट विस्थापित सबैलाई नेपाल रेडक्रस सोसाइटी झापा, स्थानीय र प्रहरीले उद्धार गरेका थिए । विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी झापाले त्रिपाल, कम्बल र खानेकुरा वितरण गरेको छ । विद्यालयमा ७९ जनाले आश्रय लिएका छन् । उता, बिरिङ नदीकै बाढीले घेराबारी–३ मा तीनओटा घर भत्काएको छ ।यस्तै, झापाको घेराबारी–४ स्थित भन्सार टोलमा बिरिङ नदी र अन्दुवा खोला पस्दा १२ घर डुबानमा परेका छन् । त्यस्तै, घेराबारी–५, पिन्डलबारीमा विरिङ खोलाका कारण १३ घर डुबानमा परेका छन् ।
यसैविच यता विराटनगरमा पनि विगत केही दिन देखी निरन्तर परेको वर्षाका कारण आम सर्वसाधारणहरुलाई दैनिकी गुजरा चलाउन समस्या हुदै आएको छ ।
निरन्तरको बर्षाले गर्दा विराटनगरको सडक तथा गल्लीहरुमा जमेको पानीले गर्दा आमसर्वसाधारण हिड् गर्न समस्या पर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्