यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा ५ जना महिला पक्राउ

<span class='c1'>यौन जन्य कार्यमा सँलग्न रहेको</span> <span class='c2'>आरोपमा ५ जना महिला पक्राउ</span>

बिराटनगर  साउन ७ ,यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले  ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् । इटहरी ५ बस्ने उनि सहित अन्य चार यृुवती वुधवार राति भेडेटार जाने क्रममा बाटो बाटै प्रहरीले पक्राउ गरेको थियो ।

शँकास्पद रहेको हुनाले सोधखोज गर्दा यौन व्यवसायमा सँलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । राजवँशीको साथबाट १ लाख ३६ हजार ५ सय नगर समेत बरामत भएको छ ।  १७ देखि १९ वर्षका अन्य युवतीहरु पुर्वाञ्चलका विभिन्न स्थानका रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी ओम प्रसाद अधिकारीले अनुसार राजवँशीले योजनावद्ध रुपमा यौन व्यवसाय सँचालन गर्ने गरेको सुचनाको आधारमा पक्राउ गर्दा सो रहस्य खुलेको बताए । पुर्वको पर्यटकिय केन्द्रको रुपमा रहेको भेडेटारमा भारतिय पर्यटक अधिक मात्रामा आउने हुँदा यौन व्यवसाय फस्टाउने गरेको आरोपलाई यो घटनाले थप पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्