बेलबारीका आधा दर्जन बढी घर डुबानमा

बेलबारीका आधा दर्जन बढी घर डुबानमा

बेलबारी । लगातार ३ दिनदेखि जारी वर्षाका कारण मोरङको बेलबारी ४ सदभाब चौकका आधा दर्जन बढी घर डुबानमा परेका छन ।
सो चौक भएर गौतम टोल जाने बाटोका घरहरु डुबानमा परेका हुन । बर्षा नरोकिएका कारण डुबानको खतरा थप बढेको र समस्या भएको स्थानीय बिनोद ठाकुरले जानकारी दिए । लगातार वर्षाका कारण मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुमा डुबान भएको छ । मंगलबार रातीदेखि आएको लगातार वर्षाका कारण झापाको मेची खोलामा आएको बाढी भद्रपुर–५ शान्ती टोलस्थित बस्तीमा पस्दा एक सय पचास घर डुबानमा परेका छन । उक्त स्थानमा प्रहरी टोलीले स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्