मधुमल्लामा ६० भन्दा बढी घर डुबानमा

<span class='c1'>मधुमल्लामा ६० भन्दा</span> <span class='c2'>बढी घर डुबानमा</span>

उर्लाबारी,  साउन ९ । अविरल वर्षाका कारण बक्राहाखोलामा आएको बाढी मोरङको मधुमल्ला–५ बेतेनीस्थित बाँध फुटाएर बस्तीमा पस्दा ६० भन्दा बढी घर डुबानमा परेका छन् । यसअघि पनि बेतेनीबाट २ पटक खोला पसेर वस्तीलाई तहस–नहस पारेको अवस्थामा तेस्रोपटक खोला पस्दा ६० भन्दा बढी घर परिवार बिचल्लीमा परेका छन् । बेतेनी क्षेत्रमा गत असार ७ गते बाढी पसेकोमा बालुवाको कामचलाउन बाँध बनाइ खोला फर्काइएको थियो । तर पुनः सोही ठाउँबाट खोलो बस्तीमा पसेको छ । अविरल वर्षा र ठूलो बाढीका कारण उद्धारमा समस्या भए पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यलय मधुमल्लाका प्रहरी सहायक निरीक्षक यदुकुमार खड्काले जानकारी दिनुभयो । यस्तै लगातारको वर्षाका कारण मोरङमा बक्राहा, नूनसरीका साथै मावा, डाँस, चिसाङ, लोहन्द्रा, बूढीलगायत झापाका रतुवा, कन्काई, विरिङ, टाङटिङ, मेचीलगायतका खोलामा बाढी उर्लिंदा विभिन्न ठाउँमा डुबान हुनुका साथै निकै क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्