बाढीले सन्थाल बस्ती उठिबास

बाढीले सन्थाल बस्ती उठिबास

विजय धिमाल
राजघाट÷ ११ साउन ः लगातार परेको पानीले बक्राहा खोलामा आएको बाढीले मोरङको राजघाट ३ माझीटोल वा बगरटोलमा रहेका करिब २० घर सन्थाल बस्ति उठिबास बनाएको छ । raj
सोमबार देखि खोलाले बाँध काटान गरी एकातिर बाट सन्थाल बस्ति उठिबास गराएकोछभने सोही नजिक पूर्व पट्टिको बाँध कटान गरी बाढी गाँउवस्ति तिर छिर्न लागेको छ । पूर्वको बाँध कटान भएमा राजघाटटोल, मौलिबारी, सोमबारे लगायत छेउछाउका बस्तिहरु अति जोखिममा रहेको राजघाट प्रहरी प्रमुख प्रेम कुमार जिमि (राई) ले बताउनुभयो । दुबैतर्फ बाट बाढी छिर्न नदिन सिङगासिङगै रुख र बाँसहरु किनारमा लगाई कटान रोक्न प्रयास गरेपनि प्रयास असफल भैरहेको र के कसरी कटान हुनबाट रोक लगाउने कुनै श्रोत साधन नरहेको अबस्थामा पनि प्रशासनले गर्ने सक्दो सहयोग गरेकै जिमि बताउछन । खोलामा बाढी बढेपछि सोमबार देखि राजघाट प्रहरी टोली खटिरहेको राजघाट प्रहरी हवलदार रविन चौधरीले जानकारी दिनुभयो । थप्दै हिजो भन्दा आज निकै कटान भएको छ, पानी यसरीनै वर्षिरहनेहो भने गाँउवस्ति तिर खोला छिर्ने सम्भावना बढि छ र गाउँवस्तिहरुलाई होसियार रहन जानकारी गराएका छौ । यस्तो अवस्थामा प्रशासन खटिरहेको अबस्था देख्दा समेत स्थानीय जग्गा धनीहरु गम्भिर देखिएका छन नत स्थानिय राजनैतिक दलका नेताहरु । खोलामा आएको बाढीले दक्षिण पट्टिको बाँध खोल्न करिब तिन मिटार छ भने पूर्व पट्टिको बाँध खोल्न करिब २ मिटर रहेको अबस्था छ । तत्काल खोला बाढी गाउँवस्ति तिर छिर्नबाट जोगाउन राजघाट प्रहरी टोली, उर्लावारी इलाका प्रहरी चौकी बाट सही मति बहादुर कटुवालको नेतृत्वमा ९ जना र सौठा शसस्त्र बेश क्यम्प बाट हेमराज पाण्डेको नेतृत्वमा १८ जना गरी करिब ३० जनाको एक टोलीले छेक्ने काम गरेको दुर्गापुरीका व्यवसायी राजकुमार योन्जनले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्