५० लाख रुपैयाँ लिएर धितो राखेको जग्गा अर्कैलाई बिक्रि

५० लाख रुपैयाँ लिएर धितो राखेको जग्गा अर्कैलाई बिक्रि

विजय धिमाल
राजघाट, ११ साउन
मोरङको सुन्दरदुलारी १ की शिला लिम्बूले पचास लाख रुपैयाँ लिएर धितो राखेको जग्गा पुन बिक्री गरेपछि जग्गा किन्नेहरूको बिल्लीवाठ भएको छ । साविक दुलारी गाविस ५ (च) को कित्ता नं.३३८६ र ३३८७ को १ विगाहा ३ कठ्ठा र दुलारी–५ (घ) को कित्ता नं ८४ को ५ कठ्ठा जग्गा खरिद गर्ने मोरङ राजघाट –७ का हेमबहादुृर चोङवाङ यतिवेला न्याय खोज्दै हिडिरहनु भएको छ ।
२०७२ असोज २८ गते हेमबहादुरसँग १० लाख रुपैयाँ लिएपछि शिलाले २०७२ को चैतमा जग्गा पास गरिदिने सहमति भएको थियो । तर, त्यसपछि पनि शिलाले अनेक बहाना बनाउँदै दुई चरणमा ४५ लाख रुपैयाँ काठमाण्डौ बाट ओहेरदोहोर गर्ने खर्च गरी हाल सम्म ५६ लाख हेमबहादुर सँग फुत्काइसकेकी छिन् । जग्गा पास गर्ने आन्तरिक सहमति भएपछि हेमबहादुर लगायतको टिमले झण्डै ३५ लाख रुपैयाँ खर्चेर उक्त जग्गालाई प्लटिङ गरिसकेको छ । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको मोरङको सुन्दरदुलारी–१ मा पर्ने उक्त जग्गामा केहीले घर समेत बनाइसकेका छन् । हेमबहादुरको टिमसँग जग्गा किन्नेहरू यतिबेला अप्ठ्यारोमा परेका छन् । शिलाले पछिल्लो पटक जेठ ७ गते फोन गरेर असार ८ गते आउँछु भनि तर विभिन्न बहाना बनाएर आइनन । भित्री कुरा बुझ्दै जाँदा यो अवस्था हुनगएको चोङबाङ बताउछन । उहाँ भन्नुहुन्छ– एउटी लिम्बूनीले म लिम्बूलाई नै यसरी ठग्ली भन्ने कल्पना पनि गरेको थिइन । शिलाले जग्गा धितो राखेर २०६७ सालमा ५० लाख रुपैयाँ लिएको रहेछ । धितो पास गरी काठमाडौं ३२ भीमसेनगोला बस्ने लक्ष्मी दाहाललाई दिएको उक्त जग्गा लक्ष्मी दाहालले पनि आफ्नो नाममा रहेको बताउनु भयो । दाहालले आफ्नो पैसाको साँवा र ब्याज फर्काए जग्गा फर्कादिने बताउनु भयो । शिला संग सम्पर्क हुँदाहुदै असार १५ गते देखि सम्पर्क बिहिन भएपछि चोङवाङलाई अप्ठ्यारो परेको संचारकर्मीहरुलाई अबगत गराए ।
चोङवाङलाई साथ दिने शम्सेर लिम्बू पनि ठगिएको कुरा ढिलो गरी थाहापाएको बताए । लिम्बूले भन्नुभयो–नेत्रप्रसाद ओझा,बुद्धिबहादुर खत्री,होम अधिकारी लगायतका ३२ जनालाई जग्गा बिक्री गरीसकेका छौं । उनीहरूले दुख गरी कमाएको पैसा शहरको घडेरीमा हालेका छन् । हामी त फस्यौं, उनीहरूलाई पनि हामीले फसाएको जस्तो भएको छ । शिला लिम्बुलाई के कसरी हुन्छ खोजि गरी न्याय पाउनुपर्ने शम्सेर र हेमबहादुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्