सप्तरी साउन १२ , आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन । श्रीमतीको ईच्छा बिपरित यौन सम्पर्क राखेको आरोपमा सप्तरी कुसहाका २५ वर्षीय पुरुष पक्राउ परेका हुन । उनकी श्रीमतीले श्रीमान बिरुद्ध बलात्कारको उजुरी दिएपछि पक्राउ गरिएको हो । घटनाको विवरणमा असार २५ गते राति माइतीघरमा रहेकी १८ वर्षीय श्रीमतीलाई राति रक्सीले मातेर आएर अश्लील फिल्म देखाई बलात्कार गरिएको थियो । बारम्बार यस्तो हुन थाले पछि श्रीमतीले उजुरी दिएको बताएकी छिन ।