बेलबारी बजार नै बाढीको जोखिममा

<span class='c1'>बेलबारी बजार नै</span> <span class='c2'>बाढीको जोखिममा</span>

बेलबारी साउन १२ । मोरङको बेलबारी बजार वाढीको उच्च जोखीममा रहेको छ । जनसंख्याको चाप उच्च हुदै जानथाले पछि जग्गाको मुल्य आकासिएर छेउछाउका जग्गा अतिक्रमण बढे सँगै बेलबारीको मुख्य चोक नै जोखिममा परेको छ ।
बजारको छेउमा रहेको लोहन्द«ा खोलाको नाममा रहेको ऐलानी जग्गा समेत किनबेच हुनथाले पछि खोला साँगुरो भएर बजार उच्च जोखीममा परेको हो । बजार क्षेत्रभन्दा माथि देखीनै बजार क्षेत्रलाई असर गर्ने गरी खोलालाई साँगुरो बनाउन थाले सँगै बेलबारी बजार जोखिममा छ । लगातारको बर्षासँगै आएको खोलाको भेलले बजार प्रबेश गर्न जमिन कटान सुरु गरेको छ ।
माथिल्लो क्षेत्रमानै खोलाको जग्गा मिचेर साँघुरो बनाएकाले बजार तथा आसपासका क्षेत्र खतारामा पर्ने बजारबासीले बताएका छन । राजमार्ग बनाउँदा पुलनिर्माण गर्नका लागी आएको प्राबिधिकहरुको टोलीले खोलाको जग्गा छुट्याए पनि खोलको मुहान तिर देखिनै जग्गा अतिक्रमण गर्न थालिएकाले बजार उच्च जोखिममा पर्दै गएको छ । खोलाले धार सोझयाएर बजार प्रबेश गर्न खोज्दा समेत सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । वि.स.२०२८ सालमा नै प्राबिधिकहरुको टोलीले अध्यायन गरेर बजारबासीलाई प्रतिबेदन दिएको थियो ।
केहि समय सम्म त प्रतिबेदन अनुसार काम भयो तर जनासंख्या बढ्दै जानथाले पछि प्रतिबेदनलाई झोलमा राखेर घर बनाउन थालिए । चिसाङ खोलाको मुहान फुटेर आउने डर समेत बजारबासीमा रहको छ । लगातार बर्षा भईरहने हो भने पानीको बहाव बढेपछि चिसाङ खोलाको मुहान फुटेर लोहान्द्रामा मिसिएर बजार क्षेत्रमा पस्ने भन्दै रोकथामका लागि सम्बन्धित निकाय सँग बजारबासीहरुको माग छ ।
खोलाको मुहानतिर लगातार केहि दिन सम्म बर्ष भइराख्ने हो भने बजार क्षेत्रमा खोला पस्छ बेलबारीका स्थानिय बासिन्दा प्रताप थापाले भने सम्बन्धीत निकायको ध्यान जान सकेको छैन । नत नगरपालीकाले ध्यान दिन्छ नत राष्ट्रपति चुरे संरक्षण समितिले नत जलधार बिकास समितिले ध्यान दिन्छन । यता बेलबारी नगरपालीकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले भने खोलमा वाढी घट्ने साथ संरक्षण का कार्यक्रम गर्न थालिने बताएका छन । बेतना दैनिकमा खबर छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्