इटहरीमा नियम विपरित संचालन भएका सिटी सफारी नियन्त्रणमा

<span class='c1'>इटहरीमा नियम विपरित संचालन</span> <span class='c2'>भएका सिटी सफारी नियन्त्रणमा</span>

ईटहरी, साउन १३

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इटहरी उप-महानगरपालिका क्षेत्र भित्र अनियन्त्रित र अव्यवस्थित रुपमा संचालन भएका सिटी सफारीहरुको व्यवस्थापन गर्ने कार्यको थालनी गरेको छ।

सो कार्य अनुरुप ट्राफिक प्रहरीले आज इटहरी उप-महानगरपालिका वाहेक अन्यत्र दर्ता भई अव्यवस्थित रुपमा संचालन भएका ७१ वटा सिटी सफारीलाई नियन्त्रणमा लिई जरिवाना गरी छाडेको छ।

ट्राफिक प्रहरीले सुन्दर-दुलारी, रामधुनी-भासी लगायत आसपासका नगरपालिकाहरुमा दर्ता भई इटहरी नगरभित्र संचालन भएका तथा इटहरी उप-महानगरपालिकाले तोकेको रुट अनुसार संचालन नभएका तथा रुट नम्बर उल्लेख नगरीएका ७१ वटा सिटी सफारीहरुलाई नियन्त्रणमा लिई पहिलो पटक पाँच सय रुपैया जरिवाना तथा आईन्दा यस्ता गल्ती नदोहोरिने सर्तमा सचेत गराई छाडिएको हो।

ट्राफिक प्रहरीले सिटी सफारीका चालकहरुलाई पुनः सोही प्रकारका गल्ती दोहोरिएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार पटके कायम गरी थप जरिवाना गरिने व्यहोरा समेत जानकारी गराई सचेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्