सुनसरी, साउन १३
सुनसरीको पूर्वकुसाहा-८ स्थित अन्नपुर्ण डिस्टिलरीमा गार्ड काम गर्ने एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ।
पाँचथर भारपा-५ घर भइ हाल अन्नपुर्ण डिस्टिलरीमा काम गर्दै आएका ३७ बर्षिय नर बहादुर. तामाङलाई अचानक डिस्टिलरीको भवन सफा गर्ने क्रममा विहान १० बजे करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएका तामाङको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा अपरान्ह २ बजे मृत्यु भएको हो।
घटना स्थलमा प्रहरी चौकी रामगन्जबाट प्रहरीको टोली खटीगई आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।