धनकुटामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

<span class='c1'>धनकुटामा बस दुर्घटना हुँदा</span> <span class='c2'>९ जनाको मृत्यु</span>

श्रावण १३, २०७३- धनकुटाको परेवादिन-५ को छिदुवा बजारनजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन यात्रु घाइते भएका छन् ।

तेह्रथुपको बसन्तपुरबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको यात्रुबाहक बस छिदुवा बजारको चर्चनजिकै २ सय मिटर तल खसेको हो ।

घटनास्थलमा ९ जनाको शव फेला परेको घटनास्थलमा रहेका स्थानीय शिक्षक दीपेश खड्काले जानकारी दिए । घटनास्थलमा उद्दार कार्य जारी छ ।

दुर्घटनामा परी माओवादी केन्द्रका धनकुटा अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा बाक्लो हुस्सु लागेको छ भने झरी परिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्