विराटनगर साउन १८ , खोटाङको सदरमुकाम दिक्तेलमा सोलर सडक बत्तीको लागि आएको बजेट फ्रिज भएको छ । सडक बत्तीको लागि स्थानीय विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ अनुदान आएको थियो । उपभोक्ता समिति बन्दा समेत काम समयमा पूरा हुन नसक्दा रकम फ्रिज भएको हो । स्थानीय विकास मन्त्रालयको ३० लाख , नगरपालिकाको ९ लाख र उपभोक्ता समितिको ७ लाख गरि कुल ४६ लाखमा उक्त योजना निर्माण गर्ने भनिएको थियो ।