विराटनगर साउन १८ , तेह्रथुम जिल्लामा अधिकांश निजी विद्यालयले अनुमति बिना नै कक्षा संचालन गर्दै आएका छन । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले वर्ष-वर्षमा कक्षा थपेपनि त्यसको अनुमति नलिएको जनाएको छ। जिल्लामा २३ वटा निजी विद्यालय सञ्चालनमा छन् भने सातवटाले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन । बाकी ५ वटाले निम्नमाध्यमिक तह र अन्य ११ विद्यालयले प्रावि तहका १,२ र ३ कक्षासम्म मात्रै कक्षा सञ्चालन अनुमति लिएका छन । तर ती विद्यालयमा माथिल्लो कक्षा सम्म पनि पढाइ भईरहेको छ ।