संन्दिपको उपचारकालागी आर्थिक संकलन हुँदै

संन्दिपको उपचारकालागी आर्थिक संकलन हुँदै

विजय धिमाल
राजघाट २१ साउन
मोरङ्गको बयरवन ३ हरकपुरका २७ वर्षिय सन्दिप सेन्चुरीलाई बोनम्यारो क्यान्सर भई बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था भएको कारण रकम संकलन अभियान जारी रहेको छ ।
उनको शरिरमा सेतो ब्लड सकिएको संकामा टिचिङ अस्पतालले दिल्ली रिफर गरेको थियो । उनको दिल्लि स्थित बि एल के अस्पतालले बोनम्यारो क्यान्सर भएको पत्ता लागेको हो । दिल्ली स्थित डाक्टरको सल्लाह अनुसार उनको बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने जानकारी दिएको सेन्चुरीले बताए । आर्थिक अभावका कारण उपचार गर्न सकिरहेको छैनन् । उपचार गर्दा गर्दै आफु संग भएको सम्पति सबै सकिएको भन्दै उपचार गर्नको लागि सबैसंग सहयोगको लागि अपिल गरेको उनि बताउछन् । उनको उपचारमा करिब ३३ लाख लाग्ने लाग्ने डाक्टरको भनाइ रहेको उनि बताउछन । उनी कलाकार समेत हुन् । उनले २७ बर्षको कलिलो उमेरमा आफु मर्न नचाएको भन्दै राम्रो कलाकार बनेर आफ्नो गाउँको नाम राख्ने चाहा रहेको बताए । जीवनमा कहिले नसोचेको, सपनामा पनि नदेखेको रोग लागेको भन्दै आफु सार्है अभागी रहेको बताए । उनले आफ्नो जायजेथा बेचेर १० लाख र सहयोग रकम २ लाख गरि जम्मा १२ लाख रुपैयाँ खर्च भईसकेको र ती रकम सकिएर अस्पतालबाट घरमा उपचार विहिन रहेको दुःख व्यक्त गर्दै सुनाए । थप्दै हस्पिटलमा नभै आज घरमा आफ्नो मृत्युलाई पर्खिनु सिबाय म संग अरु विकल्प केही छैन । हाल आएर फेरी सेन्चुरीको उपचारका खातिर रकम संकलन जारी भएको छ । १२ लाख पछि मोरङ रमाइलोका अनु लाम्गादे रु ५०००, राजु सेन्चुरीको संयोजकमा मलेसिया बाट रु २००००, तिरुवा समाज काठमान्डौ बाट रु २००००, गोपाल तिरुवाको संयोजकमा काठमान्डौ बाट रु ३२०००, गम्भिर र संन्तोष रसाइलीको पहलमा कतार बाट रु २००००, संगितकार किरन गज्मेर र अनिल गज्मेर काठमान्डौ बाट रु २००००, उर्लावारीका उषा गज्मेर बाट रु १००००, हरक तिरुवाको संयोजकमा रु ३५०००, दुवई विश्वकर्मा समाज बाट रु १५०००, गोविन्द बहादुर जि.सी. क्यानाडा बाट रु ५०००, खेम गुरुङ युएसए बाट रु ५००० र सुर्य तिमसिना कतार बाट रु १०००० सहयोग भएको सेन्चुरीले जानकारी दिए । जम्मा रु १ लाख ९७ हजार संकलन भएको उनले जानकारी दिएका छन । र संन्दिप बचाउ अभियान स्वरुप राष्ट्रिय कलाकार साथै संगितकार मिलेर इलाममा बृहत सांगितीक कार्यक्रम गर्न लागेको संन्दिपले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्