प्रचण्ड जी लाई खुला-पत्र !

प्रचण्ड जी लाई खुला-पत्र !

आदरणीय प्रचण्ड जी ,

purusotam daiमन भित्र आदर त छैन तर पनि औपचारिक पत्र भएकोले औपचारिकता निभाएको मात्रै , फेरि यो पत्र हाम्रो देशको पिएम पुष्पकमल दाहाल लाई चाहिं पक्कै हैन है !आराम छु र आराम कै कामना गर्दछु ! तिम्रो हालखबर के कस्तो छ ? व्यक्तिगतरुपले त मेरो हाल-खबर एकदम झाक्काश छ , हिन्दि शब्द किन प्रयोग गरेको भन्नुहोला , किनभने मैले पत्र-पत्रिका बाट थाहा पाएको छु कि तिमीलाई हिन्दि सिनेमा र रेखा थापाको नाच सार्है मनपर्छ अरे ! हो त्यसैले झाक्काश भनेर यो हिन्दि शब्द प्रयोग गरेको हुँ ! यहाँ यो चिठीमा म मेरो व्यक्तिगत झाक्कासको कुरो लेखेर सारा भुकम्प-पिडित जनता, बाढी-पहिरो पिडित जनता र गरिबीको जीवन गुजार्न बाध्य झन् त्यसमाथि महंगीको मारले इन्तु न चिन्तु भैरहेका जनताको मजाक गर्न चाहन्न , उनीहरुको चहर्याईरहेको घाउमा मलहम लगाउनुको सट्टा , नुन-चुक छर्किन चाहन्न किनभने मा भित्र त्यो साहस छैन ! कहाँ तिमि , काहाँ म ! कहाँ सत्र हजार निर्दोष जनताको एकै चिहान बनाउन सक्ने वीर-पुरुष "प्रचण्ड " तिमि र कहाँको म यो अदनो जनतो , एउटा मास्टर ! त्यसैले म मेरो व्यक्तिगत कुरो , मास्टर नै भए पनि , झाक्कासको जीवन बिताइरहेको कुरो नगरेर , तिम्रो बिगतको यात्रा र भविष्यको योजना आदि-इत्यादिका कुरा गर्दै तपाईं संग मेरा मनका बह पोख्न चाहन्छु !

प्रचण्ड ज्यु , कोहि तिमीलाई क्रान्तिका नायक भन्न रुचाउँदा रहेछन त कोहि देश-द्रोही , बिखण्डनकारी र नजाने यस्तै यस्तै के के हो के के दुर्नामाले भरिएको एउटा क्रुर भंडूवा भन्दारहेछन ! अरुले के भन्छन र के गर्छन मलाई मतलब छैन तर मैले चाहिं तिमीलाई कसरि हेरेको छु भन्ने कुरा यहि चिठी मार्फत नै सुनाऊँछु है ! फेरि मलाई किन "तिमि" भनेर सम्बोधन गरेको भनेर बुरुक्कै उफ्रेउला , जसरि तिमि प्रायजसो रिसाएको बेला उफ्रिञ्छौ तर मेरो जवाफ चाहिं के छ भने हामि नेपालि जनता भगवान लाई त "तिमि" भनेर बोलाऊँछौँ भने तिमि त एक मनुष्य , कि हैन तिमि मनुष्य ? अब सुन है त, मैले तिमीलाई कुनरुपले हेर्थें र अहिले कसरि हेर्दैछु ?

तिम्रो पहिलो अन्तर्वार्ता कान्तिपुर टिभी ले दिन आटेको थियो , लोडसेडिंग को कारण ले हेर्न नपाईने भईयो ! के गर्ने ? जुक्ति लगाईयो , बहिनीको घर फोन गरियो र भनियो कि अन्तर्वार्ता समयाधिभरि फोन नकाटीदिनु है ? नभन्दै , कन्चंबारी बस्ने मानिसले तिन-टोलिया मा बजेको टिभी को आवाज सुनेरै भएपनि तिम्रो अन्तर्वार्ता सुनिएकोथियो ! भोलिपल्ट लाईन भएको बेला , त्यहि अन्तर्वार्ता आफ्नै घरको टिभीमा फेरि एकपटक हेरियो र मख्ख परियो !पछि तिनै तिमि क-कसका खेताला रहेछौ र तिम्रा असली मालिक को-को रहेछन भनेर थाहा पाऊँदा छक्क परियो !अहिले तिनै "तिमि "प्रचण्ड को बारेमा कुनै चासो पनि लाग्दैन , किन होला ?किनभने "तिमि" प्याजको पत्र खुलेर पत्र-पत्र झरे झैं दिनानुदिन नाङ्गिदै गयौ , नाङ्गिदै गयौ र यद्धपि नाङ्गिदै छौ ! भन त तिमि किन यसरि नाङ्गिएका ? हिजोको तिम्रो लक्ष के थियो, भन त ? भलै तिमि प्यादा थियौ र तिमीलाई उचाल्दै ठाऊँ सार्दै गर्दा कहिले प्रधान-मन्त्रीको ठाऊँमा पुग्यौ त कहिले भित्ते राष्ट्रपतिको ठाऊँमा , भन त हो कि हैन ? अरु मान्छे प्यादा बाट प्रोमोसन भएर ठुलो-ठुलो पदमा पुग्दा झन् झन् इज्जत बढाउदै -पाऊँदै जान्छन तर तिमि चाहिं झन् झन् नाङ्गिदै- झन् झन् नाङ्गिदै छौ , किन यस्तो , के भो तिमिलाई ?

प्रचण्ड जी, म त मनभित्र फोहोर राखेर बाहिर -बाहिर सफा कुरा गर्न जान्ने मान्छे पटक्कै हैन ! त्यसैले तिम्रा सबै कुरा नराम्रै हुन र नराम्रै छन् पनि भन्न सक्दिन ! तिमीले बोल्दा जहिल्यै आफुलाई रित्याएर बोल्छौ, कहिल्यै कुनै कुरा लुकाएर बोल्दैनौ , भलै तिमि पदमा भैरहेको प्रधान-सेनापति लाई पनि "तेरा बाउको बिर्ता हो , यो देश ?" भनेर साखुल्ले भएर बोल्ने मात्रै हैन कि गरीब र निर्दोष जनताले रिस उठेको बेला बोल्ने भाषा पनि बोल्छौ आफ्नो आक्रोश रित्याऊँछौ ! म आफैं पनि यस्तै साखुल्ले भएर हो कि के हो , मलाई तिम्रो यो बानि सार्है मनपर्छ ! अर्को कुरो, बेला-बेलामा तिमि स्व बि पी कोइरालाको , स्व पुष्पलालको र अन्य देश-भक्त -राष्ट्र भक्तहरुको नाम लिएर आफुलाई उनीहरु संग तुलना गर्दै उनीहरुकै बाटोमा हिंडेको बताऊँछौ ! नठगि , भन है त ? के सांच्चिक्कै तिमि उनीहरुकै बाटोमा हिंडिरहेका छौ त ? मलाई त लाग्दैन , तिमि उनीहरुको बाटो हिड्दै छौ , बरु लाग्छ कि तिमि सारा नेपालि लाई उल्लु बनाउंदै छौ , हो कि हैन ? राष्ट्रिय पोशाक लाएर एउटा कार्य त तिमि अनुसरण गर्न सक्दैनौ भने , तिमि कसरि उनीहरुको बाटो हिंड्न सक्छौ , भन त ? बाटो हिंड्नु भनेको ट्वाइलेट लागेको बेलामा हतार-हतार प्यान्ट खोलेर , ट्वाइलेट कता छ भन्दै दौडिनु हो र ? धत्तेरिका ! तिमीले त हामि नेपालि जनता लाई "उल्लु" नै बनायौ हौ , हो कि हैन भन त ?

अब अहिले हेर त , तिमिले के गर्यौ ? के पी ओलीको सरकार त भन्नु मात्रै थियो , सारा हैकम त तिम्रै त चल्थ्यो नि , हो कि हैन भन त ? अब हेर्दा-हेर्दै ति उखाने काका "राष्ट्रिय -हिरो" राज-नेता खै के के हो के के भए , तिमि चाहिं तिनै उखाने काकाको अगाडी कहीं नभएको डाका भयौ ! हुँदा-खाँदाको हैकम छोडेर त्यो अखालम-बखालम भनेर बोल्ने , जसले बोलेको पनि राम्ररि बुझिदैन , त्यस्ताको आदेश पालना गर्ने भनेर पछि लागेर हिड्यौ , हो कि हैन भन त ? यहाँ भन्दा नाङ्गो कुरो अरु के हुन्छ , लौ तिमि नै भन त ! लौ ! उखाने काका संग मन मिलेन अरे र उनलाई छोडेर अखालम-बखालम लाई नयाँ साथि बनायौ अरे, त्यो पनि ठिकै छ तर मान्छे के भन्छन , तिमीलाई थाहा छ ? तिम्रो असली मालिकले तिमीलाई लिष्ट पठायो अरे , तिम्रा अर्हौटे छान्न ! अब भन त , तिमि अब ति अर्हौटेहरुको आदेश मान्ने ? तिमि जस्तो क्रान्तिकारी पार्टीको सुप्रिम कमान्डर भैसकेको मान्छे ! ति प्यादाहरुको पनि प्यादा बन्ने ? खै ! तिम्रो बुद्धि ? यस्तै हुन्छ , प्रचण्ड भन्ने नेताको बुद्धि ?

हेर , प्रचण्ड ! अझै  बेला छ , सच्चीइ हाल ! ति उखाने काका पनि कुन मुलाका द्यांग थिए र , अझै पनि हुन र ?  उहिल्यै माहाकाली बेचेर गन्हाईसकेका र अहिले पनि  माथिल्लो कर्णाली बेच्दा तिमि संग-संगै उनि पनि त मतियार थिए र अझै हुन् पनि ! अहिले उनि चाहिं "राष्ट्रिय -हिरो"राज-नेता अरे , अनि तिमि चाहिं "प्यादा" अरे , बुद्धि नभएको अरे ! हैन , तिमीलाई के को डर हौ ? के को लोभ हौ , भन त ? यो दुइ दिनेजिन्दगीमा मरी लानु के छ,  भन त ? त्यो मुला प्रकाशेको चिन्ता गर्या होला , गरि खाइहाल्छ नि , चारोटी त स्वास्नी नै राख्या छ भन्छन , जताजान्छ, त्यतै खान्छ !रह्यो कुरो , सिताजिको , बिचरा वाहाँ गौ प्राणि  नारी  , नेपालि जन-जनका मनभित्र अटीहाल्नु हुन्छ नि , के को पिर ? हैन,तिम्रा असली मालिकले "हेग"पुर्याऊँछु भनेका छन् भने , तिमि चिन्तै नगर , सबै नेपालि जनता अघि सर्नेछन , तिमीलाई बचाउन तर .......तरतिमीले राष्ट्र र जनताको पक्षमा उभिनु  पर्छ, जसरि तिमि संबिधान बनाउने बेलामा रोष्ट्रममा उभिएका थियौ ! सक्छौ त तिमि त्यसो गर्न , लौभन ! अस्ति ति उखाने काका संग मिलेर संबिधान बनाउनको लागि तिमि कड्किएर बोल्दा , नेपालि जनताले के भन्दै थिए, थाहा छ ? प्रचण्डलेआधा पाप चाहिं पखाल्यो है , पखाल्यो ! हेर त कस्ता छन् , नेपालि माहान जनता ?

हैन, तिमि मैले भने जस्तो गर्न सक्दैनौ र तिम्रा असली मालिकका पाउमा यो राष्ट्र लाई भेटि चढाउन नै उद्दत छौ भने , मेरो भन्नु केहि छैन , जेजे भन्छन , नेपालि जनताले भन्ने छन् र जे जे गर्नेछन , सबै नेपालि राष्ट्र प्रेमी जनताले नै गर्ने छन् !  आज तिमीले आन्दोलनकारी बिहारिका उला-मालामा लागेर जसरि राष्ट्रको ढुकुटी रित्याउँदै  छौ नि , भोलि राष्ट्र लाई त्यसरी नै भाग-बन्डा लगाएर बिर्ता दिए झैं , गरौला नि , होस् गर ,होसियार हौ ! आजलाई यत्ति !

उही तिम्रो खैरो खन्ने नेपालि , पुरु !

पुरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्