नेत्रहीन दम्पतिको घर निर्माण सुरु

<span class='c1'>नेत्रहीन दम्पतिको घर</span> <span class='c2'>निर्माण सुरु</span>

राजघाट २३ साउन मोरङको उर्लाबारी–१ विशाल टोलका नेत्रहीन दम्पति होमबहादुर बयलकोटी र सम्झना लिम्बू९बयलकोटी० को घर निर्माण सुरु भएको छ । टिनको छानो लगाएर बाँसको बेरासहितको घर निर्माण कार्य आइतबारदेखि सुरु भएको हो । फुसको जिर्ण घरमा बस्दै आएका ती दम्पतिको घर निर्माणका लागि इजराइल नागरिक चेम फाब्रेस र उर्लाबारी–१ घर भई इजराइलमा रहेकी रेम्ती धिमालले संयुक्त रुपमा २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने न्यानो अभियान उर्लाबारीले २५ हजार रुपैयाँ सहयोग गरेको छ । एकसाताभित्र घर निर्माण सम्पन्न गर्ने उद्देश्य अनुरुपमा काम भइरहेको घर निर्माण समितिका संयोजक सरोज बस्नेतले बताएका छन् । उक्त दम्पति बर्षासँगै परेको पानीका कारण समस्यामा परेको खबर सार्वजनिक भएपछि न्यानो अभियान उर्लाबारीको संयोजनमा घर निर्माण कार्य थालिएको संस्थाका अध्यक्ष पूर्ण सिंगक लिम्बूले बताएका छन् । समाजसेवी जयधर्म आचार्यले घर निर्माणको अवलोकन गरी आवश्यक सहयोग गर्ने बताएका छन् । यसअघि पनि न्यानो अभियानले उर्लाबारी–४ को अशक्त दम्पति कमल श्रेष्ठ र कमला श्रेष्ठको पक्की घर निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्