मेडल नजितेपनि धेरैको मन जितिन गौरिकाले

<span class='c1'>मेडल नजितेपनि धेरैको</span> <span class='c2'>मन जितिन गौरिकाले</span>

रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भीक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् ।
गौरिका एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् । ३४ खेलाडी रहेको स्पर्धामा गौरिका सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने थिइन् । आफू रहेको समूह ‘हिट १’ मा भने गौरिक पहिलो भइन् । सामोआकी अफोआले एक मिनेट ८ दशमलव ७४ तथा कोशोभोकी जेकिरीले एक मिनेट १२ दशमलव ३१ सेकेण्डमा दूरी पूरा गरिन् । शीर्ष १६ मा रहने खेलाडी अर्को चरणका लागि छनौट भएका छन् । एक मिनेट शुन्य दशमलव ८९ सेकेण्डसम्ममा दूरी पूरा गर्ने खेलाडी अघिल्लो चरण प्रवेश गरेका छन् ।
गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेकी थिइन् । गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा राष्ट्रिय कीर्तिमान बनाउँदै एक रजत र तीन कास्य पदक जितेकी थिइन् । त्यसअघि दक्षिण एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी हुन् ।
उनले ओलम्पिकमा एक सय मिटरको दूरी एक मिनेट ६ सेकेण्ड भित्र पूरा गर्ने लक्ष्य रहेको बताएकी थिइन् । तर त्यो भन्दा दुई दशमलव ४५ सेकेण्ड बढी लाग्यो । व्यक्तिगत नौ र टिम स्पर्धामा तीन गरी १२ स्पर्धामा राष्ट्रिय कीर्तिमान उनको नाममा छ । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्