रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीको प्रतिष्पर्धा

<span class='c1'>रियो ओलम्पिकमा आज तीन</span> <span class='c2'>नेपाली खेलाडीको प्रतिष्पर्धा</span>

ब्राजिलमा जारी रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । आर्चरीमा अन्तिम १६ नजिक उभिएका जीतबहादुर मोक्तान तामाङ प्रतिष्पर्धामा उत्रदैछन् भने जुडोकी फुपु ल्हामु खत्री र पौडीबाज शिरिष गुरुङ पनि आआफ्नो स्पर्धामा जुटदैछन् ।

नेपालका आर्चरी जीतबहादुर मोक्तान अन्तिम १६ को यात्राका लागि मंगलबार साँझ भिड्दै छन् । ७० मिटर पुरुष आर्चरी प्रतिष्पर्धामा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । मोक्तानले ङकिङ राउन्डअन्तर्गत शनिबार भएको खेलमा ६ सय ७ स्कोर गर्दै ६० औं स्थानमा आफूलाई उभ्याएका थिए । ३६ वर्षीय नेपाली आर्चरले भारतका अतानुलाई अंकमा पछाडि छोडेको खण्डमा उनी अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

उनले फाइनल चरणमा स्थान बनाउन अन्तिम १६ बाट पनि छनोट हुनु पर्नेछ । मोक्तान २ दिनदेखि रियोमै अभ्यासरत छन् । मोक्तानको सबैभन्दा राम्रो प्रदर्शन ६ सय ४२ को छ । उनले गत वर्ष बैंककमा भएको एसियन च्याम्पियनसिपमा यो प्रदर्शन गरेका हुन् । त्यस्तै फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मंगलबार प्रतिस्पर्धा गर्ने भएकी छन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी फुपूले ६३ केजीमुनिको स्पर्धामा मंगलबार खेल्नेछिन् । यो स्पर्धामा रियोमा ३६ खेलाडी सहभागी छन् ।

क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्ने्छिन् । ओलम्पिक छात्रवृत्तिअन्तर्गत हंगेरीको राजधानी बुडापेस्टमा पाँच महिना तालिम लिएपछि फुपूको खेल स्तरले उनलाई जितको लागी सहयोग गर्ने भनाई छ । दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुई पल्ट रजतपदक पनि हात पारेकी २१ वर्षीया फुपूले रियो ओलम्पिकमा केहि आशा देखाएकी छिन् । फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् ।

महिला र पुरुषका ७–७ गरी कुल १४ स्पर्धा समावेश जुडोमा १ सय ३६ देशका ३ सय ९० खेलाडी छन् । त्यस्तै सिरिष गुरुङले आज पुरुष १०० मिटर ब्याकस्ट्रोकमा प्रतिष्पर्धा गर्दैछन् । उनले रियो ओलम्पिकका लागि नौ महिना देखि बैङककमा तालिम लिएका थिए । उनको हिट प्रतिस्पर्धामा ८ जना खेलाडी छन् । शिरिषले ४५ पटक राष्ट्रिय कीर्तिमान तोडेका छन् । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्