विश्व आदिवासि दिवसमा शुभकामना आदान–प्रदान

<span class='c1'>विश्व आदिवासि दिवसमा</span> <span class='c2'>शुभकामना आदान–प्रदान</span>

विजय धिमाल

राजघाट २७ साउन

मोरङको राजघाट दुर्गापुरी किराँत भवनमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति राजघाटले २२ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दिवस भव्यकासाथ बिराटगर स्थित भएपनि राजघाटले आफ्नै ठाउँमा कार्यक्रम आयोजना गरेको हो । दिवसकै दिन कार्यक्रम नभएपनि बिहिबार शुभकामना आदान प्रदान तथा जातिय सांस्कृतिक नृत्य सहित राजघाटमा भव्यका साथ सम्पन्न भएको छ । कार्यक्रममा धिमाल, संन्थाल, नेवार, मगार, राई, लिम्बु लगायतका आदविासी जनजातिहरुको उपस्थिति रहेको थियो । उपस्थित सबै जातिहरुले आ–आफ्नो जातीय नृत्य प्रस्तुत गरेका थिए । हामी आदिवासी आफ्नो जातीय संस्कार र संस्कृति प्रस्तुत गरेर मात्र हुन्न राज्यले र ९६१ आइ.एल.ओ. ले दिएको हक अधिकारका खातिर एक हुन आवस्यक रहेको उर्लावारी नेवार समाजका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको भनाइ रहेको थियो ।k

त्यस्तै हामी आदिवासि जनजाति शसक्त भइ आफ्नो जातीय मुक्ति थता हक अधिकारका खातिर जाग्नु वा लाग्नु पर्ने व्यसमा आसिन अतिथिहरुको भनाई रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजघाट गाउँ विकास समितिका सचिव चन्द्र प्रसाद पराजुली, बिशिष्ठ अतिथि नेपाल आदिवासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष नर बहादुर मोत्तान रहेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति राजघाटका अध्यक्ष पदम बहादुर गुरुङको सभापतित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथि स्वागत भने समितिका उपाध्यक्ष माया राइले गरेकी थिइन । व्यवस्थापनमा भने कृष्ण धिमाल लगायत सदस्यहरुको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्