आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो ।
नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट हुन् । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४/४ तथा सोमपाल कामीले २ रन बनाए । नेदरल्याण्डससँग शनिबार भएको पहिलो खेल हारेपछि नेपाललाई हिजोको खेल जित्नैपर्ने दबाब बढेको छ । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपूर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।